Incident Reports

झडपमा आधा दर्जन बढी घाईते

2018-03-12

Madhes, Bara, Nijgadh

दम्पती हत्या काण्डको बिषयलाई लिएर बाराको सिमरामा सोमवार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ । झडपमा परी प्रहरी र स्थानीय गरी आधा दर्जन घाईते भएका छन् । घाईते हुनेमा जीतपुरी सिमरा उपमहानगरपालिका–६ की सोनम खातुन, महिला प्रहरी जवान बिष्णु कुमारी कार्की, प्रहरी जवान बखत बहादुर खड्का र तेज बहादुर चौहानलगायत रहेका छन् । उनीहरुको स्थानीय अल्पाईन अस्पताल सिमरामा उपचार भैरहेको छ । सोनम प्रहरीको लाठी चार्जबाट घाईने भएकी हुन् भने प्रहरीहरु गाउँलेको ढुंगामुढा प्रहारबाट घाईते भएका हुन् । अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय सिमरामा ल्याईएका जीतपुरसिमरा उपमहानगर पालिका ६ का समसुल मियालाई निशर्त रिहाई गर्नुपर्ने अडान स्थानीयले लिएपछि बिवाद चुलिएर झडप भएको प्रत्यक्षदर्शीले बताए । प्रहरीका अनुसार जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडाध्यक्ष क्यामुदिन अञ्सारीको नेतृत्वमा आएका स्थानीयले समसुल निर्दोश रहेको भन्दै निसर्त रिहाई गर्न आग्रह गरेको थियो । प्रहरीले भने सामान्य अनुसन्धानको लागि मात्र बोलाएको भन्दै अनुसन्धान सकिएपछि छाडिदिने प्रतिक्रिया दिएको थियो । यता समसुललाई अनुसन्धानका लागि सार्वजनिक मुद्दामा १० दिको म्याद प्रहरीले थमाएको छ । प्रहरीले समसुललाई घरबाटै गत शनिवार पक्राउ गरी अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए । जीतपुरसिमरा उपमहानगरपालिका ३ निवासी पशु कृषक दिपक सुवेदी र उनकी पत्नी दिपा सुवेदी दम्पतीको तीन महिना अघि मंसिर १५ गते राती उनकै निवासमा हत्या भएको थियो । तीन महिना बितिसक्दा पनि प्रहरी घटनाका दोषी नजिक पुग्न नसकेको पीडित परिवारको आरोप छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 6
Female Injured 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Mahottari

0 Comments