Incident Reports

व्यवसायीमाथि गोली प्रहारको विरोधमा भैरहवा बजार बन्द

2018-03-13

Lumbini, Rupandehi, Siddharthanagar

व्यवसायीमाथि सोमबार राति गोली प्रहार भएको विरोधमा भैरहवाका ब्यवसायीहरुले बजार बन्द गरेका छन् । उनीहरुले मंगलबार बजार बन्द गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित कार्यसमिति सदस्य हरिष सेठियामाथि हिजो राति गोली प्रहार भएको थियो । गोली प्रहार र प्रहरीले पीडितलाई थप दुःख दिएको तथा चोरी डकैती बढेको भन्दै संघले मंगलबार भैरहवा बजार बन्द आह्वान गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाको समूहले सेठियालाई गोली प्रहार गरेका थिए । सेठिया सकुशल छन् । स्थानीय र प्रहरीको प्रयासमा अगाडिको भागमा ७८६ र पछाडिको भागमा यूपी ५६ इ ४१४९ नम्बरको प्लेट भएको मोटरसाइकल, एउटा थान घरेलु कटुवा पस्तोल, फायर भएको खोका, १ थान गोली, सामसुङ मोबाइल डायरीसहित भारत नौतनवाका ४६ वर्षीय रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments