Incident Reports

कार्यालय सार्न खोज्दा तालाबन्दी

2018-03-13

Madhes, Dhanusha, Hansapur

२ स्थित कार्यालयमा बसेको वैठकमा उपमेयर झाले एकलौटी रुपमा आफु खुसी गर्दै आएको आरोप लगाए ।उनले भनिन मेयर रामज्ञान मण्डलले गोप्यरुपमा कार्यपालिकामा दुइतिहाई पारेर वार्ड नं ३ निकाल टोल कार्यालय सार्ने प्रपंच गरेको हो । आफु उपमेयर भएर पनि आफुलाई केहि नभनिएको उपमेयर झाले भनिन । आफनो अनुकुलका वार्ड सदस्यहरुसंग हस्ताक्षर गराएर कार्यालय सार्ने विवाद ल्याएको आरोप उपमेयर झाले लगाइन ।न गरपालिकाको परिषद हुदा साढे तीनलाख खर्च गर्ने वजेट पास गरिएको उपमेयर झाले वताउदै परिषदमा पाँच लाख खर्च भएको र डेढ लाखको स्रोत अहिले सम्म मेयरले नखुलाएको वताइन । उनले परिषदमा प्रस्ताव गरिएको योजनालाई हटाएर नक्कली माइनेटिंग पास गरेर कार्यपालिकामा प्रस्तुत गर्दा विवाद भएर योजना स्विकृत हुन नसकेको आरोप लगाइन् । यता मेयर मण्डलले कार्यपालिकाको १८ मध्ये ९ जनाले कार्यालयको लागि निकाल टोल प्रस्ताव गरेको र आफु निर्णायक वन्दै निकाल टोललाई हंसपुर नगरपालिकाको कार्यालय स्थापना गर्ने निर्णय गरिएको वताए । मेयर मंडलले भने स्थानिय सरकार संचालन ऐन अनुसार एकतिहाई बहुमत पुरयाएर निर्णय गर्न सक्ने अधिकार छ । जनताको सुविधा अनुसार जहाँ पनि कार्यालय स्थापना गर्न सकिने अधिकार रहेको मेयर मंडलको भनाई छ ।आफुलाई एक्लै निर्णय गर्न सक्ने अधिकार रहेको र उपमेयरलाई नबोलाउदा पनि हुने जवाफ दिएपछि उपमेयर झा आक्रोसित हुँदै कार्यपालिकामा तालावन्दी आफुले गर्ने चेतावनी दिइन । विवाद भइरहदा नगरपालिकाका वडा अध्यक्षहरु दुइ खेमामा विभाजति हुदै होहल्ला गर्न थालेपछि हात हालाहालको स्थिती सृजना भएको थियो ।स्थिति तनावग्रस्त भएपछि प्रहरी सकटिंग गरेर मेयर मंडललाई नगरपालिकाको कार्यालय स्थलबाट बाहिर निकालेका थिए । नगरप्रमुख नियुक्त भएपछिको ६ महिना भित्रमा कार्यालय सार्ने वा नयाँ नमाकरण गर्ने समय सीमा तोकिएको छ । हतारमा मेयर मंडलले हंसपुर नगरपालिकाको कार्यालय निकाल सार्ने निर्णय गराएको आरोप लगाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis