Incident Reports

बलात्कार गरेको आरोपमा चारजना पक्राउ

2018-03-14

Province 1, Morang, Uralabari, Ward 7

बलात्कार गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा उर्लाबारी–४ का ३७ वर्षीय दिलीप माझी, २६ वर्षीय बुद्ध शिवा, २१ वर्षीय अर्जुन परियार र २६ वर्षीय केवल सुन्दास रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । उर्लाबारी–४ स्थित किशान चोक नजिकै सोल्टी खोलामा १५ वर्षीया एक किशोरीलाई उनीहरुले बुधबार साँझ सामूहिक बलात्कार गरेका थिए । अर्की एक सोही उमेरकी किशोरी ती युवाबाट उम्केर प्रहरीलाई खबर गरेकी थिइन् । पक्राउ परेका सबैलाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments