Police has registered a complaint of rape case against 50-year-old Mansur Babu, a resident of Birgunj metropolitan city-13 Radhemai Tol. The complaint was lodged by Mansur's daughter-in-law. In the complaint, the victim accused Mansur of attempting to rape her on December 4 at her own house. The victim is the wife of Mansur's son from his second marriage. Mansur is on the large following the incident. Police are futher investigatin on the incident.
आफ्नै छोरा बुहारीलाई बलात्कार गर्ने प्रयासपछि फरार एक अधिवक्तालाई कानुनी कारबाहीबाट जोगाउन उनकी कान्छी श्रीमतीले बुहारीका बुबा (सम्धी) ले आफूमाथि बलात्कार गरेको झुटा आरोप लगाएको तथ्य सार्वजनिक भएको छ। झुटो आरोप लगाउने सम्धिनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगन्ज महानगरपालि १३ राधेमाई टोलमा बस्ने ५० वर्षीय अधिवक्ता मन्सुर बाबुले आफ्नी कान्छी श्रीमतीतर्फका छोराकी श्रीमतीलाई गत मंसिर १८ गते घरमै जबरजस्ती करणीको प्रयास गरेको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा परेको थियो।
पीडित बुहारीले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले आरोपित ससुरा मन्सुर बाबुविरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरेर लगत्तै उनी फरार रहेका छन्।
फरार रहेका आरोपित मन्सुरलाई कानुनी कारबाहीबाट उन्मुक्ति दिन उनकी कान्छी श्रीमती सकिला खातुनले आफनै छोरा बुहारीकी बुबा बाराको बेल्डारी श्रीपुर घर भएका तैयब अन्सारीले गत चैत ४ गते रोधमाई स्थित आफनो घरमा आई बलात्कार गर्न खोजेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन्।
उजुरीमा बुहारीकै साथमा आएका उनका बुबा तैयबले बुहारीसंगै मिलेर जबरजस्ती आफ्नो शरीरको कपडा खोल्न लगाएर कुटपिट गर्दै बलात्कार गर्न खोजेको उल्लेख छ।
सम्धीले बलात्कारको प्रयास गरेको आरोप लगाएकी सकिलासँग महिला प्रहरीले अनुसन्धानका क्रममा केरकार गरेपछि सकिलाले आफूले सम्धीमाथि झुठा आरोप लगाएको बयान दिएको प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीले जानकारी दिए।
अनुसन्धानका क्रममा सकिलाले आफ्ना श्रीमान् मन्सुर बाबु उपर बुहारीले दिएको जबरजस्ती करणी उद्योग मुद्दामा प्रभाव पार्न झुटो व्यवहोरा बनाइ बलात्कार गरेको लान्छना लगाएको बयान दिएको र उनले दिएको बयानको श्रव्य दृश्य रेकर्ड प्रहरीसँग सुरक्षित रहेको प्रहरी उपरीक्षक रेग्मीले बताए।
आफ्नै सम्धी तैयबविरुद्ध बलात्कारको झुठा आरोप लगाएर जाहेरी दिने सकिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीविरुद्ध बुधबार केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।
आफ्नै बुहारीमाथि जबरजस्ती करणी गरी फरार रहेका अधिवक्ता मन्सुर बाबु, प्रतिनिधि सभा सदस्य एवम् राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष शेख चाँद ताराका पनि श्रीमान् हुन्। सांसद शेख चाँदतारा, मन्सुर बाबुकी जेठी श्रीमती हुन्