Incident Reports

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

2018-03-09

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokhrel २५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका-५ का ३५ वर्षीय जिवछ राम र विष्णुपुर गाउँपालिका-३ का ३० वर्षीय इसराइल मियाँलाई चैत ६ गते गिरफ्तार गरेको छ । बलात्कार गरी भारतीय क्षेत्रमा लुकेका आरोपितहरूलाई भारतीय प्रहरीको सहयोगमा भारत विहारको अन्धरामण्ठ थाना महथौर ग्राम पञ्चायतबाट गिरफ्तार गरी सप्तरी ल्याइएको एसपी मुकेशकुमार सिंहले बताए । पीडित महिलालाई आरोपितहरूले फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो । आरोपितहरूविरूद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा फागुन २६ गते दिएको उजुरी फागुन २७ गते दर्ता गरिएको थियो । पीडित महिलाको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन २७ गते स्वास्थ्य परिक्षण गरिएको छ । मनोहरकुमार पोखरेल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments