Incident Reports

Husband arrested for killing wife

2018-03-11

Sudurpashchim, Darchula, Dunhu, Ward 2

Police have arrested Birendra Joshi from Duhu rural municipality of Darchula district in charge of killing his wife on Mar 21. According to the police accused Joshi was arrested on the basis of complained filed by the deceased brother accusing him of killing his sister rather than falling off the cliff. दुहु गाउँपालिका-२ हिकिलाकी १८ वर्षीया लक्ष्मी जोशीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति विरेन्द्र जोशीलाइ चैत ८ गते गिरफ्तार गरेको छ । गत फागुन २७ गते भीरबाट लडेर महिलाको मृत्यु भएको भन्दै स्थानीयले शवको पोष्टमार्टम नगरिकनै खाल्डोमा गाडेपछि हत्या गरेको आरोपमा प्रहरीले जोशीलाई गिरफ्तार गरेको हो । फागुन २६ गतेदेखि हराएकी जोशीको शवको उत्खनन् गरेर प्रहरीले अनुसन्धान थालेको छ । पति विरेन्द्र जोशीसहित साथीहरूसँग ब्रहृलेक खर्क (गाइगोरू बाँध्ने गोठ) गएकी जोशी भोलिपल्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकका दाइ केशव भट्टले प्रहरीलाई दिइएको उजुरीका आधारमा प्रहरीले शव उत्खनन् गरेर अनुसन्धान थालेको हो । ‘शव गाडेको एक सातापछि पोष्टपार्टम गरेर अुसन्धान थालेका छौँ ।’-इन्स्पेक्टर खड्गबहादुर भण्डारीले भने-‘मृतकको शव भिसरा टेष्ट गर्न पठाइएको छ ।’ केशवले ब्रम्मदेव प्रहरी चौकीमा मृतक बहिनीको शव पोष्टमार्टमको मागसहित उजुरी दिएका थिए । मृतकको माइती पक्षलाई जानकारी नदिइकन उनको शव गाडिएपछि हत्या आशङ्का उब्जाएको माइती पक्षले जनायो । शवको दाहसंस्कार नगरिनु, प्रहरी र माइती पक्षलाई जानकारी बिनै सोही क्षेत्रमा शव गाडिनुले शङ्का बढाएको हो । नरेन्द्रसिंह कार्की
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments