Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2018-03-11

Sudurpashchim, Darchula, Dunhu, Ward 2

दुहु गाउँपालिका-२ हिकिलाकी १८ वर्षीया लक्ष्मी जोशीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति विरेन्द्र जोशीलाइ चैत ८ गते गिरफ्तार गरेको छ । गत फागुन २७ गते भीरबाट लडेर महिलाको मृत्यु भएको भन्दै स्थानीयले शवको पोष्टमार्टम नगरिकनै खाल्डोमा गाडेपछि हत्या गरेको आरोपमा प्रहरीले जोशीलाई गिरफ्तार गरेको हो । फागुन २६ गतेदेखि हराएकी जोशीको शवको उत्खनन् गरेर प्रहरीले अनुसन्धान थालेको छ । पति विरेन्द्र जोशीसहित साथीहरूसँग ब्रहृलेक खर्क (गाइगोरू बाँध्ने गोठ) गएकी जोशी भोलिपल्ट मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकका दाइ केशव भट्टले प्रहरीलाई दिइएको उजुरीका आधारमा प्रहरीले शव उत्खनन् गरेर अनुसन्धान थालेको हो । ‘शव गाडेको एक सातापछि पोष्टपार्टम गरेर अुसन्धान थालेका छौँ ।’-इन्स्पेक्टर खड्गबहादुर भण्डारीले भने-‘मृतकको शव भिसरा टेष्ट गर्न पठाइएको छ ।’ केशवले ब्रम्मदेव प्रहरी चौकीमा मृतक बहिनीको शव पोष्टमार्टमको मागसहित उजुरी दिएका थिए । मृतकको माइती पक्षलाई जानकारी नदिइकन उनको शव गाडिएपछि हत्या आशङ्का उब्जाएको माइती पक्षले जनायो । शवको दाहसंस्कार नगरिनु, प्रहरी र माइती पक्षलाई जानकारी बिनै सोही क्षेत्रमा शव गाडिनुले शङ्का बढाएको हो । नरेन्द्रसिंह कार्की
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC

0 Comments