Incident Reports

Locals padlock municipal office demanding transparency

2018-03-28

Madhes, Rautahat, Gadhimai

Citing “irregularities” in the development activities conducted by the local government, locals of Gadhimai Municipality have padlocked the municipal office demanding transparency. The locals have accused the municipality of exercising monopoly while forming a consumers committee and being biased in distributing social security allowances. They have also accused the municipality of misappropriating budget sanctioned for various programs. Venting their ire against the municipal authorities, cadres of the CPN-UML and CPN (Maoist Center) along with some locals have padlocked the office. Suspecting irregularities in buying computers, furniture, cupboards and stationary materials fore the municipal office, they have demanded an investigation. Not just that, they have suspected misappropriation of funds while buying medicines for the health posts and buying and selling tanks used for spraying pesticides by farmers. Hari Narayan Yadav, one of the aspirants of mayor during the local elections stated that the municipality is using workers for various works which actually should be done through a tender. He further stated that they padlocked the office to draw the attention of the authorities concerned towards the irregularities. Meanwhile, Mayor Shyam Prasad Yadav claimed that there has been no irregularity and that he is ready for a probe. रौतहटको गढीमाई नगरपालिकाको कार्यपालिका कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन्। नगरपालिका कार्यालयबाट भइरहेको विकास निर्माणको कार्यमा अनियमितता भइरहेको भन्दै स्थानीयवासीले ताला लगाएका हुन्। नगरपालिका कार्यालयले एक पक्षीय रुपमा काम गरिरहेको, विकास निर्माणको लागि उपभोक्ता समिति बनाउँदा एकलौटी गरेको, पाँच लाख रुपैयाभन्दा बढीको काम टेन्डर प्रक्रियाद्वारा गरिनुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरणमा एक पक्षीय भएर नेपाली काँग्रेसका कार्यकर्तालाई मात्र वितरण गरेको र बालपोषण लगायतको कार्यक्रममा अनियमितता भएको भन्दै स्थानीयले ताला लगाएका हुन्। नगरपालिकाले मनपरी किसिमले काम गरिरहेको भन्दै नेकपा एमालेका एमालेको तर्फबाट नगर प्रमुखका उम्मेदवार हरि राय यादवको नेतृत्वमा एमाले र माओवादीका कार्यकर्ताका साथै स्थानीयवासीले पारदर्शीताको माग गर्दै कार्यालयमा ताला लगाएका छन्। नगरपालिका कार्यालय संचालनमा ल्याउन कम्प्युटर खरिद, फर्निचर खरिद तथा स्टेशनरी सामान र दराज खरिदमा व्यापक अनियमितता भएको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। नगरभित्रका स्वास्थ्य चौकीहरुका लागि किनिएको औषधि मनपरि तरिकाले किनिएको र किसानलाई कीटनाशक औषधि छर्ने ट्यांकी खरिददेखि वितरणसम्म व्यापक अनियमितता भएको भन्दै छानबिन हुनुपर्ने माग गरेका छन्। नगरपालिका कार्यालयले टेन्डरमार्फत गर्नुपर्ने काम कर्मचारीमार्फत गर्न थालेकोले सम्बन्धित निकायको ध्यान समयमै तानिन कार्यालयमा तालाबन्दी गरी कामकाज बन्द गरेको स्थानीय एमालेका मेयर प्रत्याशी हरिनारायण यादवले बताएका छन्। कार्यालयमा भएको अनियमितताको विषयमा नगर प्रमुख श्यामप्रसाद यादवले आधिकारिक निकायमार्फत छानबिन गराउन तयार रहेको बताएका छन्। नगरपालिकाको कार्यालयमा भएको तालाबन्दीको विषयमा आफूले पहल गरेर खोलाउने प्रयासमा लागेको बताउँदै नगर प्रमुख यादवले केही मानिसले आफ्नो स्वार्थको कारण नगरपालिकाको काममा बाधा व्यवधान सिर्जना गर्न खोजेको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments