Incident Reports

केन्द्र सारेको विरोधमा नाकाबन्दी

2018-03-29

Karnali, Dolpa, Thuli Bheri

नगरपालिकाको केन्द्र सारिएको भन्दै ठूलीभेरी नगरपालिका भित्रै नाकाबन्दी गरिएको छ। दुनैवासीले जुफालवासीलाई शुक्रबार बेलुका ५ बजेबाट अनिश्चितकालीन नाकाबन्दी गरिएको दुनै संघर्ष समितिका अध्यक्ष हिक्मत शाहीले जानकारी दिए। हाल नगरपालिकाको केन्द्र रहेको जुफाल संघर्ष समितिले बिहीबार साझदेखि शुक्रबार बिहान १० बजेसम्म बन्द गरेपछि दुनैवासीलाई कमजोर ठानिएको भन्दै दुनै जुफाल नाका बन्द गरिएको दुनै संघर्ष समितिका सदस्य दलबहादुर थापाले जानकारी दिए। उनले भने, ‘हो नगरपालिकाको केन्द्र रहेको जनताले बिनाकारण बन्द गरेपछि अनिश्चितकालीन बन्द र नाकाबन्दी गरियो।’ चैत २० गते नगरपालिकाको केन्द्र विवादको सर्वोच्च अदालतमा परेको वृद्धाको सुनुवाइ हुने भएको र दुनैका जनप्रतिनिधिलाई विरोध गर्न बन्द गरिएको र शुक्रबार बिहान १० बजेबाट बन्द फिर्ता लगिएको जुफाल संघर्ष समितिका अध्यक्ष ज्ञानेन्द्र शाहीले जानकारी दिए। उनले भने, ‘जनप्रतिनिधिलाई विरोध मात्र गरिएको हो जनतालाई होइन, अब सबैले सहजै आवतजावत गर्न पाउँछन्।’ सर्वोच्चमा परेको मुद्दाको सुनुवाइमा सहभागी हुन जान लागेका नगरउपप्रमुख, वडाध्यक्ष र सदस्यलाई विमानस्थलबाट जान नदिएपछि प्रहरीको स्कटिङमा पैदल मार्ग हुँदै केन्द्रीय राजधानी गएका थिए। नगरपालिकाको केन्द्र विवाद भएपछि जुफाल र दुनैका जनप्रतिनिधि सबै यति बेला केन्द्रमै आआफ्नो लबिङमा लागेको नागरिकहरू बताउँछन्। फागुन १६ गतेदेखि केन्द्र सारिएको विरोधमा आन्दोलनमा रहेका दुनै वासीले फेरि बजार बन्द र अनिश्चितकालीन नाकाबन्दी गरेका छन्। नगरप्रमुख गणेशबहादुर शाहीले नगरसभामा निर्णय नै नगरी नगरको केन्द्र जालसाझी गरी सारेको बताएका छन्। एक महिनादेखि दुनैमा आन्दोलनका साथै विभिन्न विरोधका क्रियाकलाप भइरहेका छन्। संघर्ष समितिले बजार बन्द र नाकाबन्दीमा सहयोग गरिदिन र अवज्ञा गरे आन्दोलन तथा बन्दकर्ताले कडा प्रतिवाद गर्ने बताएको छ। यो डोल्पामा नाकाबन्दी लगाइएको पहिलो घटना भएको अगुवाहरू बताउँछन्। दुनैले बारम्बार विरोध तथा आन्लोलन र बन्द गरे पनि जुफालले कुनै प्रतिक्रिया नदेखाएको जुफालवासी बताउँछन्। यता दुनैवासी भने जुफालवासीले बारम्बार हेपेको भन्दै अब नाकाबन्दी नै लागउनुपरेको बताउँछन्। नाकाबन्दीपछि सबै नागरिक त्रसित भएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Secondary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis