Hindu Youth Council has burnt the effigy of Deputy Speaker for Province No.3, Radhika Tamang in Janakpurdham. The effigy was burnt on Saturday evening as a result of Tamang's statement on legalization of cow slaughter.
Clash ensued between the youths and police when police tried to take away the effigy.
हिन्दु युवा परिषद्ले प्रदेश नम्बर ३ कि उपसभामुख राधिका तामाङको जनकपुरधाममा पुत्ला दहन गरेको छ । गाईको मासु खान पाउनुपर्छ भन्ने विवादित बयान दिएर हिन्दु विरोधी गतिविधी गरेको भन्दै हिन्दु युवा परिषद धनुषाले शनिवार सांझ जनकपुरधामको जनकचोकमा पुत्ला दहन गरेको छ । पुत्ला दहन गर्ने क्रममा प्रहरीले पुत्ला खोस्ने प्रयास गरेपछि झडप भएको थियो । प्रहरीले पुत्ला खोसेर गाडीमा राखेपछि आक्रोशित युवाहरुले प्रहरीले कब्जा गरेको पुत्ला पुनः ल्याएर जलाएका थिए । यसक्रममा प्रहरी र हिन्दु युवा परिषदका कार्यकर्ता विच झडप समेत भएको छ ।तामाङको विवादित बयानको विरोधमा परिषदले जनकपुरधामको रामानन्दचोक बाट मशाल जुलुस निकालेर नगरपरिक्रमा गर्दै जनकचौकमा आएर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै हिन्दु युवा परिषदका केन्द्रिय अध्यक्ष सत्यम मुरारीले हिन्दु विरोधी गतिविधी गर्नेबालाहरुमाथि एकबद्ध भएर विरोध गर्न आग्रह गरे । उनले हिन्दुलाई विरोध गर्ने माथि जवाफ दिनुपर्ने समय आएको वताए ।हिन्दु युवा परिषद धनुषाका अध्यक्ष श्रवण यादवको अगुवाईमा निस्केको विरोध जुलुशमा प्रदीप शर्मा,अशोक अधिकारी लगायत हिन्दु समर्थक युवाहरुको सहभागिता रहेको थियो ।