Incident Reports

७४ बर्षीया बृद्दा बलात्कृत

2018-03-27

Karnali, Surkhet, Birendranagar

वीरेन्द्रनगर १४ की ७४ बर्षीया बृद्दालाई बलात्कार गरेको आरोपमा वीरेन्द्रनगर १४ गढीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पीडित बृद्दकी बुहारीले आफ्नी सासुमाथि बलात्कार भएको खबर गरेपछि अस्थायी प्रहरी पोस्ट गोठीकाडाले मंगलबार सोही ठाउँका ४५ बर्षीय यामप्रसाद चालिसेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा पेश गरेको हो। बुहारीले आफ्नो सासुमाथि बलात्कार भएको भन्दै किटानी जाहेरी दिएकी छन्। राम्रीकाडास्थित पसलमा चुरोट किन्न आएकी ७४ बर्षीय आफ्नी बृद्द सासुमाथि मदिरा सेवन गरेका व्यक्तिले घर फर्किदा जंगलको बाटोमा बलात्कार गरेको पिडितकी बुहारीले बताइन। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम सिंह चौधरीले बलात्कार आरोपमा चालिसेलाई पक्राउ गरिएको कुरा पुष्टि गर्दै अनुसन्धान भैरहेकाले थप खुलाउन नमिल्ने बताए। बलात्कारको आरोपमा एक जनालाइ पक्राउ गरेको डिएसपी चौधरीले टेलिफोनमा भने।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Local Newspaper - Surkhet

0 Comments