Incident Reports

Manaskhanda: Far western university padlocked

2018-04-01

Constituent campus incorporate committee on Sunday indefinitely padlocked Far-western University , Kanchanpur. The team padlocked in the main Gate of University saying their 3 points demands must be solved. Constituent campus adjustment committee demanded the workers, and staff of college must be treated equally as before they work in position after going to merge in university, the salary and facilities must be same as working in Siddhanath Multiple Campus and the adjustment procedure must be followed as like adjustment of Siddhanath Multiple Campus. सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले आइतबार केन्द्रीय कार्यालयमा विभिन्न ३ बुदे माग अघि सार्दै केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको हो । सुदूपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए । उनका अनुसार सुप विश्वविद्यालय र क्याम्पसबीच समायोजन सम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन्, सोही अवस्थामा समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरे अनुसार गर्नुपर्ने, सेवा सुविधा तथा सर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने लगायतका माग अघि सारेर तालाबन्दी गरिएको हो । सुदूर पश्चिम विश्वविद्यालयले पुस ३० गते पहिलो दीक्षान्त समारोह मनाएको थियो । दीक्षान्त समारोह मनाएको ९ दिनमै सुप विश्व विद्यालयमा तालाबन्दी गरिएको छ । गत पुस २९ गते महेन्द्रनगरमा बसेको सुप विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस संचालक समितिले २०७० साल र २०७१ असोज ६ गते पछि गरेका निर्णयहरु कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संयोजक चन्दले बताए । निर्णय सच्याएर माग सम्वोधन नगरे थप विरोधका कार्यक्रम गरीने संघर्ष समितिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments