Incident Reports

अनियमितता भएको भन्दै क्याम्पसमा ताला

2018-04-02

त्रिभुवन विश्वविद्यालय अन्तरगतको सुर्खेत शिक्षा क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ। नेपाल प्रगतिशिल प्राध्यापक संगठन, क्याम्पस इकाई समितिले तालाबन्दी गरेको हो। क्याम्पसमा व्यापक अनियमितता हुने भन्दै समितिले ११ बुंदे माग समेत अघि सारेको छ। क्याम्पस प्रशासनमा माग गर्दै अनिश्चितकालिनका लागि ताला लगाइएको समितिका अध्यक्ष दिपेन्द्रकुमार खत्रीले जानकारी दिए। क्याम्पसमा बढ्दो भ्रष्टाचार, अनियमितता र लापरवाही भएको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिइएको छ। आफ्ना ११ बुंदे माग क्याम्पस प्रशासनले सम्बोधन नगर्ने बेला सम्म ताला नखोल्नु अध्यक्ष खत्रीको भनाई छ। सामग्रीहरू तत्काल उपलब्ध गराइनुपर्ने, क्याम्पसको गाडी दुरुपयोग रोक्नुपर्ने र अन्य आर्थिक कार्यलाई मितव्ययी बनाइनुपर्ने, सेमेस्टर प्रणाली लागू भैसकेको अवस्थामा आवश्यक पाठ्यक्रम, क्याम्पसलाई बहुमुखी संकायमा लैजान गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ। आर्थिक प्राध्यापकलाई न्यायोचित र सम्मानजनक कक्षा वितरण र समयमै पारिश्रमिक उपलब्ध गराइनुपर्ने, क्याम्पसको दक्षिणतर्फा बसपार्कको किनारमा रहेको जग्गामा बनाइएको टहरा भत्काइनुपर्ने र घेराबार गर्नुपर्ने लगायतको मागहरु अघि सारिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Surkhet

0 Comments