Incident Reports

गाडी भाडा नपाएपछि उपप्रमुखद्वारा नगरपालिकामा तालाबन्दी

2018-04-17

Lumbini, Rupandehi, Lumbini Sanskritik, Ward 2

नगरपालिकाका उपप्रमुख र उपभोक्ता समितिले नै तालाबन्दी गरेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको कामकाज ठप्प भएको छ। गत शुक्रबार उपप्रमुख जानकी देवी श्रीवास्तवले नगरपालिकाका प्रशासकीय अधिकृत मोहन पौडेललाई बाहिर निकाली उनको कार्यकक्षमा तालाबन्दी गरेकी थिइन्। त्यसको विरोधमा उपभोक्ता समितिले नगरपालिकाका सबै शाखाहरूमा सोमबार तालाबन्दी गरेका छन्। वार्षिक योजना फर्छ्योट हुने समयमा भएको तालाबन्दीको कारण नगरपालिकाको सबै कार्यतालिका प्रभावित भएको छ। गत कात्तिकदेखि प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका पौडेलले आफू नगरपालिकामा गएदेखि नै उपप्रमुखले गाडी भाडा रकम माग गर्दै आएको र नगरपरिषद् र नगरकार्यपालिकाको निर्णय विपरीत रकम दिन नसकेपछि आफ्नो कार्यकक्षमा तालाबन्दी गरिएको बताए। पौडेलले कार्यकक्षमा तालाबन्दी गरेपछि उपप्रमुखको नेतृत्वमा वडा नम्बर ३ का अध्यक्ष अकारामुद्धिन नाउ मुसलमान, वडा नम्बर ७ का अध्यक्ष ध्रुव यादव र वडा नम्बर १० का अध्यक्ष रामजान अन्सारी आफ्नो निवासमा आई निवास समेत छोड्न भन्दै धम्की दिएपछि सुरक्षाको लागि भैरहवा बस्दै आएको सेतोपाटीलाई बताए। लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको एउटा गाडी कार्यकारी अधिकृतले प्रयोग गर्दै आएको र गाडी खरिद गर्ने स्रोत नभएको भन्दै नगरपरिषद्को निर्णयबाट नै गत साउनदेखि नगरप्रमुखले मासिक १ लाख रुपैयाँ भाडा तिरेर गाडी प्रयोग गर्दै आएको पौडेलले बताए। लुम्बिनी सांस्कृतिक नगरपालिका पडरिया निवासी बसिउल्लाह मुसलमानको नाममा नगरप्रमुख चौधरीले प्रयोग गर्दै आएको बा १७ च ६०९ नम्बरको गाडीभाडा बापत एक लाख रुपैयाँको चेक काट्ने गरिएको लेखाप्रमुख आलोक बानियाँले जानकारी दिए। प्रमुखले गाडी भाडा रकम पाउने भएपछि उपप्रमुखले आफूलाई पनि गाडीभाडा रकम दिन दबाब दिँदै आएपछि विवाद बढेको उनले बताए। उपप्रमुख श्रीवास्तवले प्रशासकीय अधिकृत पौडेलले नगरपालिकाको आम्दानी खर्च प्रत्येक महिना पेश नगरेको, बोर्डको निर्णय बिना कर्मचारी भर्ना गरेको आरोप लगाएकी छिन्। नगरअधिकृत पौडेलले कार्यालयमा विषयगत कार्यालयहरूको जिम्मेवारी समेत थपिएपछि कामको चापले अस्थायी रूपमा एक जना कर्मचारी नियुक्त गरेको जानकारी दिए। कामको चाप र आवश्यकता हेरी नगरअधिकृतलाई कामचलाउ कर्मचारी राख्ने अधिकार रहेको र सोही बमोजिम एक जना कर्मचारी राखेको उनले बताए। उपप्रमुख र प्रशासकीय अधिकृतबीचको आपसी विवादको कारण नगरपालिकाका कर्मचारी र सेवाग्राही समेत विभाजित भएका छन्। तालाबन्दीका कारण विगत पाँच दिनदेखि नगरपालिकाको कामकाज ठप्प भएपछि सोमबार जिल्ला समन्वय समितिका संयोजक एकराज विश्वकर्माले नगरपालिकाका प्रमुख र प्रशासकीय अधिकृतसँग छलफल गरी समस्या समाधान गर्न आग्रह गरेको बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments