Incident Reports

प्रहरी नायब निरीक्षकले महिलालाई एसिड हाने

2018-04-22

Bagmati, Chitawan, Ratnanagar

RSS ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड हानेका छन् । पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतवार दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका-४, त्रिचोकमा गोरखा घर भई त्यही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड हानेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिडले जलेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उनले बताए । श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर प्रहरीका जुनियर अधिकृतले नै एसिड हान्नुको कारण भने खुल्न नसकेको ढकालले बताउए। खनियाँ पनि त्रिचोक निवासी हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari

0 Comments