Incident Reports

धुलो नियन्त्रणको मागगर्दै दुईदिनदेखि बाटो बन्द

2018-04-22

Lumbini, Dang, Rapti, Ward 3

२ लालमटियाका स्थानीययहरु धुलो नियन्त्रयणको माग गर्र्दै दुई दिनदेखि सडकमै धर्ना बसेका छन्। स्थानीय ऐरावती क्याम्पस रोडमा नदी जन्य पदार्थ ओसार्न गुड्ने दर्जनौ ट्रिप्पर र ट्रेक्टरले उक्त सडक खण्ड धुलाम्मे बन्दा स्वाथ्य जोखिम बढेको हुँदा त्यो नियन्त्रण गर्न भन्दै स्थानीयले बाटो बन्द गराएका हुन । आदर्श टोल सुधार समितिको नेतृत्वमा स्थानीय सडकमै धर्ना बसेका छन् । एकजना आन्दोलनकारी लालमणी भुसालले बाटो ग्रावेल नगर्दासम्म र धुलो नियन्त्रणका लागि दैनिक पानी नहाल्दासम्म बाटोमा गाडि गुड्न नदिने बताए । ‘ बाटो ग्राभेल गरिदिने र दैनिक बाटोमा पानी हालेर धुलो नियन्त्रण गर्ने सहमती भएको हो । तर आज ट्रिप्पर सञ्चालकले त्यो सहमति पालना गरेको छैन ।’ भुसालले भने । नदी जन्य पदार्थ ओसार पसारमा प्रयोग गर्दै आइएका दर्जनौ ट्रिप्पर र ट्रेक्टरको ओहोर दोहारले सडक खण्ड धुलाम्मे बनेपछि आफुहरु त्यो नियन्त्रण हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Road block
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments