Incident Reports

Man attempting rape killed as victim retaliates in self-defense

2018-04-24

Lumbini, Dang, Tulsipur, Ward 15

64 years old Robar Bahadur Khatri have been found dead in Tulshipur sub-metropolitan-15, Dang. Police said the body of Khatri has been found one kilometer far away in upper floor of Rupa Pun's home. Police have arrested 37 years old Rupa Pun and investigating on the incident. दाङ तुलसीपुर उपमहानगरपालिकाका ६४ वर्षीय रोबरबहादुर खत्रीको हत्या गरेको आशंकामा प्रहरीले ४० वर्षीया एक महिलालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले ती महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जनाएका छन्। पक्राउ पछि प्रहरीसँगको बयानमा ती महिलाले आफूमाथि बलात्कारको प्रयास भएकाले प्रतिरक्षा गर्दा खत्रीको मृत्यु भएको बताएकी छन्। ‘मलाई जबरजस्ती गर्न खोजेपछि मैले लात्ताले हिर्काउँदा अन्डकोषमा लागेर मृत्यु भएको हो,’ ती महिलालाई उदृत गर्दै डिएसपीले भने। घटना वैशाख ९ गते बिहान २ बजे भएको डिएसपी सापकोटाले सेतोपाटीलाई जानकारी दिए। प्रहरीका अनुसार, ती महिलाको किराना पसलमा खत्री ९ गते राति १ देखि डेढ बजेको बिचमा आएका थिए। उनले आफूलाई गुट्का चाहिएको भन्दै ती महिलालाई उठाएका थिए। गुट्का किनेपछि खत्रीले आफूलाई पानी प्यास लागेको बताए। त्यसपछी दुवै महिलाको कोठामा पुगे। त्यही क्रममा खत्रीले ती महिलामाथि जबरजस्ती बलात्कारको प्रयास गरेका थिए। त्यसले आफूलाई पीडा भएपछि लात्ताले हान्दा संवेदनशील अंगमा लागेर खत्रीको घटनास्थलमै मृत्यु भएको भन्ने बयान ती महिलाले दिएको ईप्रका प्रमुख सापकोटाले बताए। ‘मैले लात्ताले हिर्काउँदा संवेदनशील स्थानमा लाग्यो र त्यही लडे। उठाउन खोजेँ तर उठेनन्। म सुतेँ मैले बिहान तन्ना ओढाइ दिएर छोरीको उपचार गर्न भन्दै बजार निस्केकी हुुँ,’ ती महिलालाई उद्धत गर्दै डिएसपी सापकोटाले भने। ५ दिन म्याद थपेर महिलामाथि अनुसन्धान सुरू गरेको डिएसपी सापकोटाले जानकारी दिए। -------------------------------------------- तुलसीपर उपमहानगरपालिका–१५ पहेलपार्क बस्ने ६४ बर्षीय रोबरबहादुर खत्री मृत अवस्थामा फेला परेका छन् । खत्रीलाई आइतबार उनको घरदेखी एक किलोमिटर टाढा रुपा पुनको घरको माथिल्लो कोठामा मृत अबस्थामा फेला पारिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले ३७ बर्षीया रुपा पुनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । Update... Rohabar Bahadur Khatri,64 of Tulsipur sub-metropolis-15 was killed in a retaliation from 40 years old rape victim . DSP Prakash Sapkota of Area Police Office Tulsipur said that the accused was killed on the night of April 23 by the victim while retaliating the incident. The accused died after he was hit by the victim in his private parts.The postmortem of the body was conducted and victim underwent health checkup at Rapti Zonal Hospital. Police have confiscated contraceptives from the incident site. The victim was arrested for investigation after the complaint against her was lodged. ४० वर्षीय एक महिलालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१५ का ६४ वर्षीय रोहवरबहादुर खत्रीको पीडित महिलाकै प्रतिकारमा मृत्यु भएको छ । वैशाख ९ गते रातको १ वजेतिर महिलाको घरभित्रै पुगेर बलात्कार गरेको र प्रतिकार गर्दा सम्वेदनशील अङ्गमा लागेपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए । मृतक खत्रीको पोष्टमार्टम र पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पतालमा वैशाख १० गते गरिएको छ । प्रहरीले घटनास्थलबाट परिवार नियोजनका अस्थायी साधनसमेत बरामद गरेको जनाएको छ । ज्यान मारेको भन्दै मृतकका परिवारले वैशाख १० गते नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी गरेपछि ती महिलालाई सोही दिन नै गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Raped 1
Female Raped 1
Police website , National/Online Media , INSEC

0 Comments