Incident Reports

बलात्कार प्रयास गरेको भन्दै महिलाद्वारा पुरुषको हत्या

2018-04-24

Lumbini, Dang, Tulsipur, Ward 15

४० वर्षीय एक महिलालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका-१५ का ६४ वर्षीय रोहवरबहादुर खत्रीको पीडित महिलाकै प्रतिकारमा मृत्यु भएको छ । वैशाख ९ गते रातको १ वजेतिर महिलाको घरभित्रै पुगेर बलात्कार गरेको र प्रतिकार गर्दा सम्वेदनशील अङ्गमा लागेपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रकाश सापकोटाले बताए । मृतक खत्रीको पोष्टमार्टम र पीडित महिलाको स्वास्थ्य परीक्षण राप्ती अञ्चल अस्पतालमा वैशाख १० गते गरिएको छ । प्रहरीले घटनास्थलबाट परिवार नियोजनका अस्थायी साधनसमेत बरामद गरेको जनाएको छ । ज्यान मारेको भन्दै मृतकका परिवारले वैशाख १० गते नै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी गरेपछि ती महिलालाई सोही दिन नै गिरफ्तार गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons Unclear
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Total Raped 1
Female Raped 1
Police website , National/Online Media , INSEC

0 Comments