Incident Reports

बालकसँग अप्राकृतिक मैथुन गर्ने भारतीय पक्राउ

2018-04-23

Madhes, Parsa, Parsa, Ward 1

१२ वर्षीय एक बालकसँग जबरजस्ती अप्राकृतिक यौनजन्य क्रियाकलाप (अप्राकृतिक मैथुन) गर्ने एक भारतीय पक्राउ परेका छन्। पर्साको ठोरी गाउँपालिका-३ ब्रम्हनगरका बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा भारतको पश्चिम चम्पारण गौनाहा ५ घर भएका २९ वर्षीय अभिजित नन्दी पक्राउ परेका हुन्। ठोरीको ब्रम्हनगरमा मिठाई पसलका अभिजितले मङगलबार बिहान ४ बजे तिर स्थानीय १२ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा स्थानीयले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। ठोरी गाउपालिका–३ ब्रम्हनगरका १२ वर्षीय बालकसँग अप्राकृतिक मैथुन गरेको आरोपमा भारतीय नागरिक अभिजितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय ठोरीका प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरूले बताए । विगत दुई सातादेखि ब्रम्हनगरमा मिठाइ पसल थापेर बसेका अभिजितले बालकलाई राति आफूसँगै सुत्नका लागि चार पाँच दिनदेखि कोठा लैजाने गरेका थिए। अभिजितको कोठामा उनीसँगै सुतेका बालकलाई बिहान चार बजेतिर अभिजितले बालक निदाएको मौका छोपी जबरजस्ती अप्राकृतिक मैथुन गरेपछि बालक पीडाले चिच्याएका थिए। छोरो रोएको थाहा पाएपछि सुतेको स्थानमा पुग्दा अभिजितले छोरासँग अप्राकृतिक यौनजन्य क्रियाकलाप गरेको पाइएको पीडित बालकका बुवाले बताए। पीडित बालकका आफन्त र स्थानीयले आरोपित अभिजितलाई नियन्त्रणमा लिएर सोमबार बिहान प्रहरी चौकी बुद्धचोकमा बुझाएपछि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाएका हुन्। आवश्यक अनुसन्धान र कारवाहीका लागि मङगलबार जिल्ला प्रहरी कार्यलय पर्सामा पठाइएको प्रहरी निरीक्षक गुरूले जानकारी दिए। प्रारम्भिक बयानका क्रममा आरोपित अभिजितले आफूले बालकसँग जबरजस्ती यौन सम्बन्ध राखेको स्वीकार गरेको प्रहरीले जनाएको छ। आरोपित अभिजितलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए। पीडित बालककको अवस्था सामान्य रहे पनि उनलाई स्वास्थ्य परीक्षणका लागि मङगलबार अपरान्ह वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको जानकारी दिदै प्रहरी नायव उपरिक्षक लिम्बुले भने, 'अनुसन्धान जारी छ , मेडिकल रिपोर्ट आएपछि आवश्यक कारबाही अगाडि बढाइन्छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments