Locals of Bhaktapur district picketed the area police office on Wednesday protesting against the attack on Mayor of Madhyapur Thimi municipality, Madan Sundar Shrestha.
They have demanded action against the guilty and arrangement of security at municipalities and for the mayors.
मध्यपुरथिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ माथि गएको शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै स्थानीयबासिन्दाले बुधबार महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् ।
बुधबार मध्यपुरथिमिका स्थानीयबासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघसंस्थाहरुको प्रतिनिधिसमेतको सहभागितामा मध्यपुरथिमिको विभिन्न क्षेत्रको परिक्रमा गर्दै स्थानीयबासिन्दाले प्रहरी वृत्त पुगेर घेराउ गरेका हुन् ।
मध्यपुरथिमिको बालकुमारीबाट सुरु भएको बिरोध र्याली, शंखधर चोक, चारदोबाटो, नेपाल कोरिया मैत्री अस्पताल मार्ग, सिद्धिकाली, बाहाखा बजार हुँदै प्रहरी वृत्त पुगेको थियो । प्रहरी वृत्त घेराउसँगै स्थानीयबासिन्दाले प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनलाई आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको नविनप्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठको घरमा राखिएको सीसी क्यामराका माध्यमबाट घटनामा संलग्न रहेको आक्रमणकारीको पहिचान भइसकेको अवस्थामा पनि प्रहरीले घटनाको पाँच दिनसम्म आक्रमणकारीलाई पक्राउ नगरेको भन्दै स्थानीयले प्रहरी आक्रोश व्यक्त गरेका छन् ।
स्थानीयले र्याली र प्रहरी वृत्त थिमि घेराउ गर्र्दै ‘दोषीलाई तत्काल पक्राउ गर्, आक्रमणकारीलाई कडा कारबाही गर्, जनप्रतिनिधिको सुरक्षाको व्यवस्था गर, जनतालाई सुरक्षाको प्रत्याभूति दे’ लगायतका नारा लेखिएको प्ले कार्ड बोक्दै नाराबाजी गरेका थिए ।
ज्ञापन पत्र बुझाँउदै अर्का स्थानीय वीरेन्द्र जयनाले नगर प्रमुख श्रेष्ठलाई प्रहरीले सुरक्षा दिन नसकेको र आक्रमणकारीको पहिचान भइसक्दा पनि पक्राउ नगरेकाले थप आशंका जन्माएको बताउनुभयो ।
स्थानीयले बुधबार नै जिल्ला प्रशासन कार्यालय भक्तपुर पुगेर प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पनि ज्ञापन पत्र बुझाउँदै तत्काल आक्रमणकारीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गरेको छ ।