Incident Reports

घरेलु हिंसाका कारण एक युवतीले आफ्नै शरीरमा मट्टतिेल खन्याएर आगो लगाइन्

2018-04-27

Lumbini, Kapilbastu, Maharajgunj, Ward 1

महाराजगञ्ज नपा-८ सुनवर्षाकी २० वर्षीय किरण कुर्मीले परिवारजनको हिंसा सहन नसकी वैशाख १४ गते आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाउँदा घाइते भएकी छन् । पीडित युवतीलाई उनका पति धनीराम कुर्मी र परिवारजनका सदस्यले पटकपटक हिंसा गर्दै आएकोमा वैशाख १४ गते पनि हिंसा गरेपछि कुर्मीले आफ्नै शरीरमा आगो लगाएको पीडितको भनाइ छ । आगोका कारण कुर्मी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय, हर्दौनाले जानकारी दिएको छ । कम्मरभन्दा माथिल्लो भाग जलेकी घाइते कुर्मीलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा ल्याइएकोमा वैशाख १४ गते नै लुम्बिनी अञ्चल अस्पताल, रिफर गरिएको छ । पीडित युवतीको उपचार लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी नरेन्द्र कार्कीले जानकारी दिएका छन् । घटनाको बारे जानकारी लिन जाँदा परिवारका सदस्य नभेटिएपछि घटनाको थप विवरण आउन नसकेको प्रहरी चौकी हर्दौनाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Suicide
Weapons Fire
Primary Cause Domestic violence
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments