Incident Reports

मानब बेचबिखनको आरोपमा पक्राउ

2018-04-26

१३ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको शितगङ्गा नगरपालिका-११ का २५ वर्षीय सन्तोष बिकलाई वैशाख १३ गते गिरफ्तार गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा र मानव बेचबिखन तथा ओसारपसारविरूद्धको निगरानी तथा गस्ती टोलीले वैशाख १३ गते चन्द्रौटाबाट बालिकाको उद्धार गर्नुका साथै आरोपितलाई गिरफ्तार गरेको हो । १३ वर्षीया बालिकालाई बाल विवाह गरेको तथा बालिकाको घरमा सम्पर्क गर्दा बालिकाले मम्मीलाई भेट्न भारत जान लागेको भनी परिवारलाई जानकारी दिएकाले फरकफरक कुरा आएपछि बेचबिखन प्रयास गरेको आरोपमा आरोपितलाई गिरफ्तार र पीडित बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त टोलीले यसैसाता मकवानपुरकी २१ वर्षीया युवती र गुल्मी घर भई नारायणघाट बस्दै आएकी ३२ वर्षीया युवतीलाई उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ ।

0 Comments