Incident Reports

कोदालो प्रहार गरी पत्नीको हत्या प्रयास

2018-04-27

Madhes, Siraha, Bhagawanpur, Ward 5

सखुवानन्कारकट्टी गाउँपालिका-४ की २५ वर्षीया आशादेवी साहलाई ५० वर्षीय पति रामप्रसाद साहले वैशाख १४ गते कोदालो प्रहार गरी हत्या प्रयास गरेको पीडित पक्षले जनाएको छ । पीडित महिला घाइते अवस्थामा छटपटाई रहेको स्थानीयहरूले देखेपछि दिउँसो प्रहरीलाई खबर गरेको र पीडित महिलाको उद्धार गरी लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा उपचारका लागि प्रहरीले भर्ना गराएको इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर रामबहादुर ढकालले बताए । घाइते महिलाको शरीरभरी कोदालोले काटेका घाउहरू भएको र लहानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पतालमा लगेको इन्स्पेक्टर ढकालले बताए । घरायसी विवादमा महिलाका पतिले कोदालो प्रहार गरी पत्नीको हत्या प्रयास गरेर बच्चाहरूलाई साथैमा लिएर फरार रहेकाले आरोपितको खोजतलास भइरहेको इन्स्पेक्टर ढकालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments