Incident Reports

Janakpur Today: Transport entrepreneurs picketed Transportation management office

2018-04-29

Madhes, Dhanusha, Janakpur

Transportation entrepreneurs on Sunday picketed Transportation management office, Dhanusha as mentioned the program before. They picketed Transportation management office from 10 am to 1 1 pm. They accused their billions of investment in the transportation sector will be drowned as the government brought transportation directory recently. Transportation entrepreneurs demanded to take back the decision of Transportation directory by the government. नेपाल सरकारले जारी गरेको यातायात निर्देशिकाको विरुद्धमा यातायात व्यवसायीहरुले पूर्व घोषित कार्यक्रम अन्तर्गत आइतबार यातायात कार्यालय धनुषा चार घण्टा घेराउ गरेका छन । अञ्चल बस व्यवासायी संघका अध्यक्ष मनोज चौधरीको अगुवाईमा विहान १० बजे देखि दिउँसो १ बजे सम्म यातायात कार्यालय घेराउ गरिएको हो । कार्यालय घेराउ गरेपछि केहिवेर कार्यालयको कामकाज प्रभावित बनेको थियो । घेराउसंगै उनीहरुले उक्त निर्णय फिर्ता लिन दवाव समेत दिएका छन् । यातायात क्षेत्रलाई व्यवस्थीत गर्ने नाममा सरकारले आफुहरुको रोजीरोटीका साथै अर्बौको लगानी डुब्ने अबस्थामा पुर्याएको उनीहरुको भनाई छ । जनकपुर अञ्चल यातायात व्यवसायी संघका अध्यक्ष मनोज कुमार चौधरीले आफुहरुले कुनै सिण्डिकेट खडा नगरेको भन्दै सरकारले आफुहरुमाथि अन्याय गरेको बताए । उनले तत्काल वार्तामा बोलाउन पनि सरकारसंग आग्रह गरेका छन । संघले बैंशाख २१ गते गाडी ग्यारेजमा थन्काउने, २७ गतेदेखि संयुक्त आन्दोलन संघर्ष समितिबाट अर्को जानकारी नआएसम्म नेपालभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु ग्यारेजमा थन्काउने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । सरकारले भने सवारी साधन नचलाए जफत गरि आफै सञ्चालन गर्ने चेतावनी दिदै सरकारको उक्त निर्णय कुनै पनि अबस्थामा फिर्ता नहुने स्पष्ट पारिसकेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments