Incident Reports

आंशिक प्राध्यापक संघद्वारा तालाबन्दी

2018-04-29

Madhes, Dhanusha, Janakpur

नेपाल आंशिक प्राध्यापक संघ जनकपुरले दरवन्दी यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने माग सहित घोषित कार्यक्रम अन्तर्गत आइतवार राराव क्याम्पसको परिक्षा वहिष्कार तथा तालावन्दी गरेको छ । संघ आवद्ध प्राध्यापकहरुले नेपाल आंशिक प्राध्यापक संघको आह्वानमा वैशाख ६ गते बुटबलमा भएको राष्ट्रिय भेलाबाट विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरे अनुरुप आइतवार संघले तालावन्दी तथा बहिष्कार कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाल आंशिक प्राध्यापक संघका सचिव उमेश प्रसाद पोखरेलले विगत लामो समय देखि इमान्दारिताका साथ काम गरेपनि आंशिक प्राध्यापकहरुलाई मजदुर सरह करारमा राखेको र पुर्ववती सरकारले निर्णय गरेका १४२० दरवन्दी यथाशिघ्र कार्यान्वयन गर्न थप संघर्षको आवश्यकता परेको वताए ।संघर्षको प्रारम्भिक चरण अन्तर्गत क्याम्पस प्रमुख र प्रदेशका मुख्यमन्त्रीसँग भेटेर ज्ञापनपत्र वुझाइसकेको र दोश्रो चरणको संघर्षको कार्यक्रम अन्तर्गत वैशाख १६ गते देखि त्रिभुवन विश्वविद्यालयका सम्पुर्ण केन्द्रिय क्याम्पस र आंगिक क्याम्पसहरुमा कक्षा तथा परिक्षा वहिष्कारको साथै तालावन्दी कार्यक्रम सुरुवात गरिएको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments