Incident Reports

ट्राफिक प्रहरीको दुर्व्यवहारको रिक्साचालकद्वारा विरोध

2018-04-24

Madhes, Parsa, Birgunj

ट्राफिक प्रहरीको दुर्व्यवहारविरुद्ध रिक्शाचालकले आज दिउँसो घण्टाघर ट्राफिक जाम गरेका थिए । प्रचण्ड गर्मिको समयमा नेपाल टेलिकमको पर्खाल नजिकै पर्किङ्ग स्थलमा आराम गरिरहेको रिक्सा चालकहरुलाई ट्राफिक प्रहरी आज दुर्व्यवहार गरेपछि रिक्साचालकहरु आक्रोशित भएका थिए । प्रचण्ड गर्मीमा सुस्ताइरहेका रिक्साचालकलाई ट्राफिक प्रहरीले अपशब्द प्रयोग गर्दै हातपात गर्नुको साथै रिक्साको हावा फ़ुस्काएको रिक्साचालकहरुले आरोप लगाएका छन् । सो क्रममा सर्लाही सोनबर्सा निवासी रिक्साचालक तेनारायण यादवमाथि कुटपिटसमेत गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । घटनाको विरोधमा घण्टाघरमा जाम गर्न थालेपछि ट्राफिक प्रहरी पर्साका प्रमुख सुरेश विक्रम शाहको निर्देशनमा प्रहरी जवान रामले माफी मागेपछि विवाद सुल्झिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments