Incident Reports

ठेक्कापट्टामा सिन्डिकेटः टेण्डर रोक्न ४ घण्टा बन्धक बनाएर कुटपिट

2018-05-05

अहिले यातायात क्षेत्रमा मौलाएको सिन्डिकेटको चर्चा हुँदै गर्दा ठेकापट्टामा देखिएको एकाधिकारवादी मानसिकता र विकृतिको चिरफार हुन पाएकै छैन । निर्माण व्यवसायमा रहेको चरम सिन्किेटको नमूना शुक्रबार गोरखामा देखियो । अरुलाई टेण्डरमा निषेध गर्न जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका निर्माणसम्वद्ध संस्था नै लाग्यो । पालुङटार नगरपालिकाको कार्यालयमा शुक्रवार टेण्डर फारम दर्ता गर्न गएका व्यवसायीमाथि कुटपिट भएको छ । निर्माण व्यवसायी संघ गोरखाका अध्यक्ष बाबुराम श्रेष्ठ र महासचिव सूर्य भण्डारी नेतृत्वको टोलीले उनीहरुमाथि कुटपिट गरेको पीडितको आरोप छ । कुटपिटसँगै आफूहरुलाई चार घण्टा बन्धक समेत बनाएको उनीहरुले बताएका छन् । ‘१० बजे फारम दर्ता गराउन पालुङटार नगरपालिकाको कार्यालय पुग्दा नपुग्दै निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठले फोन गरेर बाहिर बोलाउनुभयो, बाहिर आएर भेट्दा यति ठूलो ठेक्का छ मिलेर जानुपर्छ भन्नुभयो,’ वर्ल्ड वाइड कन्स्ट्रक्सनका राम थापाले भने,’हामी फारम दर्ता गराउन गयौं, फारम बुझाउने ठाउँमा एक जना अर्काे केटा बसिरहेको रहेछ, हामीलाइ संघबाट हो की बाहिरबाट हो भनेर सोध्यो, हामीले संघबाट होइन भनेपछि फारम दर्ता गराउन पाउनुहुन्न नहाल्नुस् भन्यो ।’ तर, आफूहरुले र्फम दर्ता गराएको उनले बताए । थापाकाअनुसार फारम दर्ता गरेसँगै संघका अध्यक्षले पुनः फोन गरेर कार्यालय नजिकैको होटलमा बोलाए । ‘फारम दर्ता गरेर अध्यक्ष श्रेष्ठले बोलाएको होटलमा गयौ, संघका अध्यक्ष, महासचिव सँगै अरु २०/२५ जना केटाहरु रहेछन् कोठाभित्र लगेर चुक्कुल लगाए, अनि कसको अनुमति लिएर टेण्डर हाल्न आइस् भनेर थर्काउदै कुटपिट गर्न थाले,’ पीडित थापाले भने । आफूहरुको मोवाइल समेत नियन्त्रणमा लिइएको उनले बताए । महासचिव भण्डारीले पनि पटक/पटक कुटपिटको प्रयास गरेको उनको भनाइ छ । कुटपिटपछि टेण्डर र्फम फिर्ता लिने निर्णय गरे पनि निर्धारित समय सकिएकाले फिर्ता लिन नमिलेको कन्स्ट्रक्सनका हरि भट्टराइले बताए । ‘दिनको १२ बजे सम्म फारम दर्ता गर्ने सयम थियो, दिउँसो दुई बजे टेण्डर पार्ने भनिएको थियो, तर दश बजे हामीले फारम दर्ता गर्ने बित्तिकै होटलको कोठामा लगेर चार घण्टासम्म बन्धक जस्तै बनाए र कुटपिटसँगै अभद्र व्यवहार गरे,’ भट्टराइले भने । आफू स्थानीय भएर कुटपिट नगरे पनि थापालार्इ भने कुटपिट गरेको भट्टराइले बताए । ‘समय सकिएकाले र्फम फिर्ता गर्न मिलेन, अनि उनीहरुले ‘बिलो रेट’ कति हो भन्न लगाए, हामीले भन्यौं अनि उनीहरु रेट मिलाएर फारम दर्ता गरे,’ उनले भने । उनीहरुले फिरौती रकम माग गरेका थिए । ‘१७ दिनसम्म हामी र हाम्रा केटाहरु आएर बसेको खाएको पैसा ले भन्दै फेरि दुई लाख रुपैयाँ फिरौती रकम माग गरे,’ उनले भने, ‘तर, हामीले ५० हजार मात्र दिन सक्छौ भन्यौ ।’ कुटपिट गर्ने बिरुद्ध पीडितहरुले शुक्रवार इलाका प्रहरी कार्यालय ठाटीपोखरीमा उजुरी दिएका थिए । शुक्रबार निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठ र महासचिव भण्डारी बिरुद्ध उजुरी दिएका पीडितले शनिवार राजन सुनार, खुशी तामाङ, रोहन भट्टराइ र सन्दिप तामाङविरुद्ध जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएका छन् । निर्माण व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने उनीहरु गैर व्यवसायी भएका कारण टेण्डर फारम दर्ता गर्न नदिएको बताए । ठेक्कामा यस्ता घटना सामान्य रहेको भन्दै उनी पन्छन खोजे । उजुरी परेकाहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पालुङटार नगरपालिका-वडा नम्वर ९ मा बन्ने वडा कार्यालय भवन र राधाकृष्ण बारपिर्के ग्रामिण सडक स्तरोन्नतीका लागी ठेक्का खुलेको थियो । ७८ लाखको भवन र ७७ लाखको सडक स्तरोन्तीका लागी ठेक्का आह्वान गरिएको हो । पक्राउ परेका सुनार प्रहरी कार्यालयबाटै फरार कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका राजन सुनार प्रहरी कार्यालयबाटै फरार भएका छन् । प्रहरी नियन्त्रणमा रहेका सुनार जिल्ला प्रहरी कार्यालय गोरखाबाटै फरार भएका हु्न् । शुक्रवार संघका अध्यक्ष श्रेष्ठसँगै सुनार र अन्य केही व्यवसायीहरुलाइ प्रहरी कार्यालयमा ल्याए पनि सुृनार भने त्यहीँबाट फरार भएको स्रोतको भनाइ छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Abduction
Weapons None
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media

0 Comments