Incident Reports

Incidents of violence against women for not giving birth to son on the rise

2018-05-03

Bagmati, Makawanpur, Hetauda

Women and children service center in Makwanpur informed that incidents of violence against women by their spouse for not giving birth to a son is rising in the district. 31-year-old Pampha Thing of Hetauda, Padampokhari, who is pregnant with her 6th child after giving birth to 5 girls, was beaten by her 33-year-old husband Sano Kancha Lama on May 3. Four months pregnant Thing filed a complaint on May 7. The husband hasn't come home since he found out about the complaint filed against him. छोरा नपाएको भन्दै पतिले पत्नीलाई कुटपिट गर्ने गरेका घटना बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ । पाँच ओटा छोरी पाएर छैठौँ बच्चा जन्माउने तरखरमा रहेकी हेटौँडा पदमपोखरीकी ३१ वर्षीया पम्फा थिङलाई पति ३३ वर्षीय सानोकान्छा लामाले छोरा नपाउने गरेको भनेर वैशाख २० गते कुटपिट गरेका छन् । चार महिनाको गर्भवती थिङलाई छोरा नपाएको भनेर कुटपिट गरेकाले पतिलाई कारबाही गराउने उद्धेश्यले उनले केन्द्रमा वैशाख २४ गते उजुरी गरिन् । पत्नीले प्रहरीमा उजुरी हालेको थाहा पाएपछि सानोकान्छा घरमा आएका छैनन् । छोरा नपाएको कारणले पीडा भोग्नबाध्य महिला पम्फामात्र होइनन्, वकैया गाउँपालिका-१ धियालकी सानीकान्छी भोम्जनले पनि यस्तै पीडा भोग्दै आएकी छन् । उनको पनि चार ओटा छोरी छन् । छोरा नपाएका कारणले पति श्रीबहादुर भोम्जनले मादक पदार्थ सेवन गरेर कुटपिट गर्ने गरेका पीडितले आरोप लगाइन् । उनले पनि प्रहरीको महिला तथा बालबालिका सेवा केन्द्रमा उजुरी दिएकी छन् । ‘छोरीमात्र जन्माई भनेर पत्नीलाई कुटपिट गरेको उजुरी महिनामा चार देखि पाँच ओटा पर्छन् ।’-महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख दिपा कार्कीले भनिन्-‘पहिलो कुरा छोरा नभइ नहुने गलत संस्कार र अर्कोतिर छोरीमात्र जन्माई भनेर पत्नीलाई दोषी ठहर्‍याउनु यो कस्तो बिडम्वना हो ?’ जिल्ला प्रहरी कार्यालय हेटौँडास्थित महिला तथा बालबालिका सेवा केन्द्रमा घरेलु हिंसाको मुद्दा दैनिक २ देखि ३ ओटा दर्ता हुने गरेका छन् । दर्ता भएका अधिकांश उजुरी मादक पदार्थ सेवन गरेर पतिले पत्नीलाई कुटपिट गरेको, सासूले बुहारीलाई भुत्ल्याएको, घर परिवारले बुहारीलाई घरबाट निकालेको लगायतका छन् । विशेषगरी मादक पदार्थ सेवनका कारण घरमा महिलाहरू प्रताडित हुने गरेको सेवा केन्द्रकी प्रमुख कार्कीले बताइन् । ‘मकवानपुरमा घरेलु हिंसाका घटनाहरू बढ्दो छ ।’-उनले भनिन् । साउन महिनामा ४३ ओटा घरेलु हिंसाका घटनाका उजुरी दर्ता भएका थिए भने मङ्सिर महिनामा १८ ओटा दर्ता भएका थिए । प्रहरीको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनामा २ सय ७५ ओटा घरेलु हिंसाका उजुरी परेका थिए । तीमध्ये १ सय ९१ ओटा उजुरीमा सेवा केन्द्रले नै मिलापत्र लगायतका निर्णय गरेर किनारा लगाइसकेको छ । ८४ ओटा उजुरीको किनारा लगाउन बाँकी छ । पीडित र आरोपित मध्ये एक जना बाहिर भएकाले पनि उजुरी टुङ्गोमा पुर्‍याउन सकेको छैन भने केही मुद्दा अदालतमा पनि पुगेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments