Incident Reports

YCL cadre threatens ward chairperson

2018-05-13

Lumbini, Rukum East, Chaurjahari, Ward 13

Tanka Prasad Oli, 42 of Rukum west Chaurjahari Municipality-13 said that he was attacked by 33 year old YCL cadre Ram Kumar Bista and was threatened for life on May 13. Ward chairman Oli said that he was misbehaved and was threatened for life by the accused by going to his office premises after being dissatisfied in purchasing of metal net by the ward office. The ward chairman also accused that such incident is against the beauty of democracy. He added that he was threatened by the cadres because the purchase of metal net is against their interest. The ward chairman said that he was luckily survived from the attack on that day as there were many locals in the office. Post incident, police had arrested YCL chair Bista however he is released on bail. The ward chairman is at Area Police Office of Chaujahari showing the security threat. He is on a stand that he will not go out unless the accused is not re-arrested. The ward committee of Chaujahari Municipality-13 has released the press statement and condemned the incident and demanded for the action against the accused. रुकुम पश्चिमको चौरजहारी नपा-१३ का वडाध्यक्ष ४२ वर्षीय टङ्कप्रसाद ओलीलाई वाइसीएलका चौरजहारी नगर कमिटीका अध्यक्ष ३३ वर्षीय रामकुमार विष्टले वैशाख ३० गते आक्रमणको प्रयास गर्दै ज्यान मार्ने धम्की दिएको पीडित वडाअध्यक्षले आरोप लगाएका छन् । वडाको बजेटमा खरिद गरिएको तारजाली आफू अनुकूलको व्यक्तिलाई वितरण गर्न नपाएपछि वैशाख ३० गते कार्यालयमा पुगेर आफूलाई दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष ओलीले बताए । नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत जनप्रतिनिधि माओवादी केन्द्रका भएको र उनीहरूले अन्य पार्टीबाट निर्वाचित वडाध्यक्षलाई निषेध गरेर पार्टीले व्यक्तिमार्फत आफ्ना कार्यकर्ताका लागि जबरजस्ती सेवा सुविधा प्रदान गर्न दबाव समेत दिने गरेको वडाध्यक्ष ओलीको आरोप छ । आफ्नो स्वार्थपूर्ति गर्न नपाएपछि यसरी आक्रमणमा उत्रेर अलोकतान्त्रिक व्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै ओलीले आफ्नो जीवन रक्षाका लागि अपिलसमेत गरेका छन् । घटना हुँदाको समयमा स्थानीय सर्वसाधारण समेत ठूलो सङ्ख्यामा भएकाले ‘अनर्थ’ हुनबाट बचेको उनको भनाई छ । घटनापछि वाइसीएल अध्यक्ष विष्टलाई प्रहरीले गिरफ्तार गरेपनि जमानतमा रिहा गरिसकेको छ । आफू असुरक्षित भएको भन्दै वडाध्यक्ष ओली इलाका प्रहरी कार्यालय चौरजहारीमा छन् । आफ्नो ज्यान असुरक्षित भएको भन्दै विष्टलाई पुनः गिरफ्तार नगर्दासम्म आफू बाहिर नजाने उनले अडान राखेका छन् । यसैबिच घटनाको भत्सर्ना गर्दै नेकपा एमाले चौरजहारी नपा-१३ वडा कमिटीले एक प्रेस विज्ञप्ति जारी गरेको छ । वडा कार्यालयको काम, कर्तव्य र अधिकारक्षेत्र भित्र रहेर वडा अध्यक्षलाई काम गर्न दिनुपर्ने र यस घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments