Incident Reports

वाइसीएलका कार्यकर्ताद्वारा वडाध्यक्षलाई ज्यान मार्ने धम्की

2018-05-13

Lumbini, Rukum East, Chaurjahari, Ward 13

रुकुम पश्चिमको चौरजहारी नपा-१३ का वडाध्यक्ष ४२ वर्षीय टङ्कप्रसाद ओलीलाई वाइसीएलका चौरजहारी नगर कमिटीका अध्यक्ष ३३ वर्षीय रामकुमार विष्टले वैशाख ३० गते आक्रमणको प्रयास गर्दै ज्यान मार्ने धम्की दिएको पीडित वडाअध्यक्षले आरोप लगाएका छन् । वडाको बजेटमा खरिद गरिएको तारजाली आफू अनुकूलको व्यक्तिलाई वितरण गर्न नपाएपछि वैशाख ३० गते कार्यालयमा पुगेर आफूलाई दुर्व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्की दिएको वडाध्यक्ष ओलीले बताए । नगरपालिकामा प्रमुख र उपप्रमुखसहित बहुमत जनप्रतिनिधि माओवादी केन्द्रका भएको र उनीहरूले अन्य पार्टीबाट निर्वाचित वडाध्यक्षलाई निषेध गरेर पार्टीले व्यक्तिमार्फत आफ्ना कार्यकर्ताका लागि जबरजस्ती सेवा सुविधा प्रदान गर्न दबाव समेत दिने गरेको वडाध्यक्ष ओलीको आरोप छ । आफ्नो स्वार्थपूर्ति गर्न नपाएपछि यसरी आक्रमणमा उत्रेर अलोकतान्त्रिक व्यवहार गर्नु दुर्भाग्यपूर्ण भएको भन्दै ओलीले आफ्नो जीवन रक्षाका लागि अपिलसमेत गरेका छन् । घटना हुँदाको समयमा स्थानीय सर्वसाधारण समेत ठूलो सङ्ख्यामा भएकाले ‘अनर्थ’ हुनबाट बचेको उनको भनाई छ । घटनापछि वाइसीएल अध्यक्ष विष्टलाई प्रहरीले गिरफ्तार गरेपनि जमानतमा रिहा गरिसकेको छ । आफू असुरक्षित भएको भन्दै वडाध्यक्ष ओली इलाका प्रहरी कार्यालय चौरजहारीमा छन् । आफ्नो ज्यान असुरक्षित भएको भन्दै विष्टलाई पुनः गिरफ्तार नगर्दासम्म आफू बाहिर नजाने उनले अडान राखेका छन् । यसैबिच घटनाको भत्सर्ना गर्दै नेकपा एमाले चौरजहारी नपा-१३ वडा कमिटीले एक प्रेस विज्ञप्ति जारी गरेको छ । वडा कार्यालयको काम, कर्तव्य र अधिकारक्षेत्र भित्र रहेर वडा अध्यक्षलाई काम गर्न दिनुपर्ने र यस घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments