Incident Reports

Office padlocked because of irregularity in local budget

2018-05-20

Bishnupur Rural Municipality, Ward no. 6, Saptari, tried to release the budget by adding one extra '0' to the already written amount of '10,000'. Because of the irregularity in the budget and ill-behavior by the people's representatives of the ward, locals padlocked the office on May 21. They took all the representatives out of the office, padlocked the office and accused the representatives of taking a huge amount of commission for doing so. उहिले साहुमहाजनले अनपढ ऋणीलाई तमसुकमा सुटुक्क अंक थपेर ऋणमा चुर्लुम्म डुबाउने गरेका थिए । यस्तो फट्याइँ अहिले स्थानीय तहमा सरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ६ ले १० हजार रुपैयाँको कागजमा पछाडिबाट एउटा शून्य थप्दै एक लाख बनाएर रकम निकासा गरेको खुलासा भएको छ । जनप्रतिनिधीहरुले नै जथाभावी तरिकाले आफू निकटका गैरसरकारी संस्थाहरुलाई कार्यक्रम वितरण गरिरहँदा विष्णुपुर गाउँपालिका–६ ले सूचीकृत नै नभएका संस्थालाई बजेटमा शून्य थपेर रकम निकासा गरेको पाइएको हो । गाउँपालिका र वडा कार्यालयमा सूचीकृत नै नभएका संस्थालाई रु १० हजार दिएर आँखा शिबिर गर्न लगाउने सम्झौता गरेको थियो । यो वडाले पछि १० हजारमा एउटा शून्य थपेर एक लाख रुपैयाँ बनाएर रकम निकासा गरेको पाइएको छ । विजष्णुपुर गाउँपलिका वडा नम्बर ६ का लागि छुट्याइएको बजेट अनुसार जनप्रतिनिधिहरुले गोप्य रुपमा काम गरिरहेको र व्यापक अनियमितता भएको गाउँलेहरुले आरोप लगाएका छन् । वडा नम्बर ६ मा निर्माण हुने विकासका कामको लागि गोप्य रुपले वडा नम्बर ७ का उपभोक्तालाई उपभोक्ता समितिको अध्यक्ष बनाइएको स्थानीयहरुको आरोप छ । महिलाहरुले कृषि सामाग्रीहरु वितरण नगरी वडा सचिव भुवनेश्वर राउतले घरमा प्रयोग गरेको, नम्बरी जग्गामा ग्राभेल गर्ने गिट्टीसहितको माटो खसाउने काम गरेको आरोपसमेत लगाए । परमेश्वरी शर्माले सिलाई, कटाई, मैनबत्ती, भुजिया बनाउने घरेलु तालिमहरु गाउँका महिलाहरुले थाहै नपाइ सम्पन्न भएको बताइन् । जनप्रतिनिधिदेखि कर्मचारीसमेतले मनोमानी तरिकाले काम गरेको, व्यापक अनियमितता गरेको भन्दै वडा कार्यालयमा स्थानीयवासीले आइतबार तालाबन्दी गरेका छन् । कमिशनको लोभमा जनप्रतिनिधिहरुले गाउँलेहरुलाई जानकारी नै नदिई कार्यक्रमहरु गर्न लागेको भन्दै गाउँलेहरुले जनप्रतिनिधिहरुलाई कार्यालय कोठाबाट बाहिर निकाली ताला लगाएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments