The Sugarcane farmers have launched a sit-in protest in front of Everest Sugar Mill, Ramnagar demanding their payment of sugarcane. The owner Saresh Sarraf was absconded after the Federal Industry and commerce minister Matrika Yadav give pressure to pay the price of sugar. Far Dev Narayan Mahato of Gausala said the industry has more than Two hundred million of rupees to local sugarcane farmers.
दुई अर्ब रुपैया बढी भुक्तानी नगरि एभरेष्ट सुगर एण्ड केमिकल्स ईण्डष्ट्रिजका सञ्चालक भाग्न थालेपछि मिल अगाडी किसानहरु धर्ना बसेका छन् । संघिय सरकारको उद्योग मन्त्री मातृका यादवको चरम दबाबमा किसानहरुलाई रकम भुक्तानी गर्ने सम्झौता गरेका मिल सञ्चालक सरेश सर्राफ किसानको सम्पर्क बाहिर गएका छन् । किसानहरुको उखुको दुई अर्ब बढी रुपैया बक्यौता राखेका सर्राफले उक्त रकम मिथिला नगरपालिकामा श्रीमती बबिता सर्राफको नाउँमा जमिन खरिद गरेको बताइएको छ ।रकम नपाएर छटपट्टि रहेका किसानहरुले महोत्तरीस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेडमा तालबन्दी गरेका छन । आईतबार उद्योगको प्रशासन, वाणिज्य, उखु विभाग, कारखाना गेट लगायत मुलगेटमा तालबन्दी गरि किसानहरु धर्नामा बसेका हुन् ।‘किसान प्रतिनिधिहरुसित जनकपुरधाममा मिल सञ्चालकहरुले उद्योग,वन तथा वातावरण मन्त्री राय, कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री योगेन्द्र यादव ,सर्लाहीका साँसद उपेन्द्र महतो लगायतको रोहवरमा उखु किसानहरुको भुक्तानी दिने सम्झौता भएको थियो ।तर किसान र उद्योग मन्त्रीको आक्रोश साम्य पार्न १० करोड रुपैया तत्काल वितरण गर्ने बताइएपनि सिमित किसानहरुलाई चुप गर्न मात्र केहि रकम उपलब्ध गराइएको किसानहरुले जनाए ।आफुहरुले बारम्बार किसानहरुको भुक्तानी दिनको लागि आग्रह गर्दा उद्योग प्रशासनले वास्ता नगरेको भन्दै आजदेखि बाध्य भएर आन्दोलनमा उत्रिएको गौशालाका किसान नेता देव नारायण महतोले बताए ।