Incident Reports

Work halted after ward chair thrashes project engineers

2018-05-23

Work at the under-construction national pride project Chatara-Bhiman road section was halted after Chaudhandi Municipality Ward No 10 Chair Kamaldhwaj Rai thrashed the contractor company’s engineers at Satdhare in Udayapur today. Construction of the road had been halted for the past four months due to dispute over map of the road and it resumed just yesterday. Ward Chair Rai attacked the contractor Lama and Sharma JV’s engineer duo Sandip Bista and Kishor KC at the work site. Earlier, Rai had asked the engineers to divert the road track in a bid to save his house, which was to be demolished for opening the road track. But they refused to do so. नक्साकंन परिवर्तन गरेको भन्दै राष्ट्रिय गौरवको आयोजनाका इन्जिनियरमाथि बुधबार वडाध्यक्षले हातपात गरेपछि वैकल्पिक राजमार्ग निर्माण अवरुद्ध बनेको छ । धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली हुँदैै हेटौँडा जोड्ने वैकल्पिक राजमार्ग अन्तर्गतको चौदण्डी नगरपालिका–६ सातधारेमा त्यही वडाका अध्यक्ष कमलध्वज राईले निर्माण कम्पनी लामा एण्ड शर्मा जेभिका ईन्जिनियर सन्दीप विष्ट र किशोर केसीमाथि निर्माणस्थलमै कुटपिट गरेका हुन् । आफ्ना कर्मचारीमाथि हातपात गरेको विरोधमा कम्पनीले असुरक्षाको कारण देखाउँदै निर्माण अवरुद्ध गरेको हो । नक्सा परिवर्तनको विवादले चार महिनादेखि उक्त सडकखण्डमा निर्माणको काम बन्द हँुदै आएकामा मंगलबारदेखि सुरु भएको थियो । तर उक्त घटनापछि बुधबारदेखि निर्माण ठप्प भएको छ । वडा अध्यक्ष राईको घर सडकमा पर्ने भएपछि एलाईमेन्ट (नक्साकंन) परिवर्तन गर्न दिँदै आएको दबाब नमान्दा उनले ती दुई कर्मचारीलाई कुटेका हुन् । एक सय ३४ किलोमिटर सडक निर्माण गर्न करिब ६ अर्बको ठेक्का पाएको लामा एण्ड शर्माले अहिलेसम्म पूर्वी खण्डमा ४० प्रतिशत काम सम्पन्न गरिसकेकोछ । चार महिनादेखि बाटोको काम अवरुद्ध हुँदा निर्धारित समयमा कामक सक्न ठेकेदार कम्पनीलाई समस्या हँुदै आएको निर्माण कम्पनीले जनाएको छ । चतरा– गाईघाट–कटारी– सिन्धुली, हेटौडा सडकको पूर्वीखण्डमा एलाइमेन्ट परिवर्तन गर्न प्राविधिक कठिनाई भएको पनि कम्पनीले बताउँदै आएको छ । विवादकै कारण सातधारे सडकखण्डमा चार महिनादेखि निर्माण अवरुद्ध छ । लामा एण्ड शर्मा जेभीका डेपुटी म्यानेजर सीताराम दाहालले असुरक्षित भएपछि निर्माण रोकेको बताए । ‘सहयोग गर्नुपर्ने जनप्रतिनिधिबाटै कर्मचारी कुटिएपछि कसरी काम गर्नु ?’ उनले भने । काम गर्ने वातावरण बनेमा पुःन सुचारु गरिने उनले बताए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नवराज भट्टले घटनाबारे केही जानकारी नआएको बताए । The contractor company halted all kinds of construction work showing security concerns for staffers. Of the 134-km road, the contractor has completed 40 per cent of the total construction. Lama and Sharma JV was entrusted with the contract for Rs six billion. The company has been reporting that it was technically difficult to divert the road track along the Chatara-Gaighat-Katari- Sindhuli-Hetauda road section. Due to the same dispute, road construction along the Satdhare road had been halted for the past four months. Meanwhile, Sitaram Dahal, deputy manager of Lama and Sharma JV, said they stopped the construction due to security reasons. “We may resume work only after a conducive atmosphere is created. The people’s representatives, who are supposed to support developmental activities, have misbehaved with us,” he said.
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Access/control of development infrastructure (roads, bridges)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments