Incident Reports

जनप्रतिनिधिकै अगाडि निर्घात कुटिइन महिला

2018-06-02

Madhes, Dhanusha, Mithila Bihari

धनुषाको मिथिला नगरपालिका–९, लालगढमा एक महिलामाथि छलफलकै क्रममा निर्घात कुटपिट गरिएको छ । स्थानीय जनप्रतिनिधि, महिला र समाजकका अगुवाहरुबीच भैरहेको छलफलमा स्थानीय मनोज लामाकी २८ वर्षीया श्रीमती मन्दिरा लामालाई लुगासमेत च्यातचुत पारेर निर्घात कुटपिट गरिएको हो । स्थानीय एक युवतीको बाहिरको केटासँग हिमचिम रहेको र त्यो हिमचिम गराउन मन्दिराकै मुख्य भूमिका रहेको आरोपमा उनलाई निर्घात कुटपिट गरिएको हो ।स्थानीय युवतीलाई अन्य ठाउँको केटासँग हिमचिम गराउन लागि परेको विषयका आरोप प्रत्यारोप भएपछि युवतीका आफन्त र स्थानीय छरछिमेकसमेतले सार्वजनिक रुपमै मन्दिरालाई निर्घात कुटपिट गरेका हुन् । कुटपीटबाट घाइते भएकी मन्दिराको ढल्केवरको एक क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । प्रहरीका अनुसार कुटपिटको क्रममा मन्दिराको लुगाकपडा पनि च्यातिएको छ । त्यस्तै स्थानीय युवतीसँग हिमचिम बढाएको आरोप लागेका सप्तरीको कञ्चनरुप नगरपालिका १२ का युवक भीमनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments