Family and relatives of Deepak Khyaju of Nikosera of Madhyapur Thimi Municipality-9 in Bhaktapur who was killed Saturday after a bus hit his motorcycle have disrupted the Araniko Highway at Radhe Radhe today, demanding action ( under murder case) against the bus driver and proper compensation to the victim.
A bus (Ba 3 Kha 2722) en route to Kathmandu from Bhaktapur hit a motorcycle (Ba 4 Pa 2094) coming from Nikosera, killing the 24-year-old motorcyclist. Locals and kin of the deceased have picketed the Metropolitan Police Circle at Madhyapur Thimi in protest against the accident.
According to Circle's Deputy Superintendent of Police Prajwal Maharjan, police have already arrested bus driver Deep Bahadur Pradhan, 28, from Sindhupalchowk and currently living at Chyamasingh, Bhaktapur. Further investigations into the case are underway. RSS
बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले शनिबार मध्यपुरथिमि–४ राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् ।
शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख २७२२ नम्बरको बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा बस्ने २४ वर्षीय दीपक ख्याजुको मृत्यु भएको थियो ।
चालकलाई ज्यान मुद्दा लगाएर कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका हुन् । पीडित परिवार, आफन्त र स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत्त घेराउ गरी कारबाहीको माग गरेका छन् ।
बसका चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर च्यामासिंह बस्ने २८ वर्षीय दीपबहादुर प्रधानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।