Incident Reports

कारबाहीको माग गर्दै राजमार्ग बन्द

2018-06-03

Bagmati, Bhaktapur, Madhyapur Thimi

RSS बसको ठक्करबाट ज्यान गएका पीडित परिवार र आफन्तले शनिबार मध्यपुरथिमि–४ राधेस्थित अरनिको राजमार्गखण्ड बन्द गराएका छन् । शनिबार दिउँसो सोही स्थानमा भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख २७२२ नम्बरको बसले निकोसेराबाट आउँदै गरेको बा ४० प २०९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मध्यपुरथिमि–९ निकोसेरा बस्ने २४ वर्षीय दीपक ख्याजुको मृत्यु भएको थियो । चालकलाई ज्यान मुद्दा लगाएर कारबाही गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले सडक अवरुद्ध पारेका हुन् । पीडित परिवार, आफन्त र स्थानीय बासिन्दाले महानगरीय प्रहरी वृत्त घेराउ गरी कारबाहीको माग गरेका छन् । बसका चालक सिन्धुपाल्चोक घर भई हाल भक्तपुर च्यामासिंह बस्ने २८ वर्षीय दीपबहादुर प्रधानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments