Incident Reports

बलात्कार पीडित महिलाको उद्धारपछि अस्पताल भर्ना, आरोपित गिरफ्तार ।

2018-06-02

Gandaki, Syangja, Galyang, Ward 2

बलात्कार पीडित ३० वर्षीया महिलालाई उद्धारपछि थप उपचारका लागि जेठ २० गते युनाइटेड मिशन अस्पताल तानसेनमा भर्ना गरिएको छ । पीडित महिलालाई गल्याङ गाउँपालिका २ चण्डीभञ्ज्याङका ३३ वर्षीय पदमबहादुर सुनार जेठ १९ गते बलात्कार गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले उद्धार गरेको पीडित पक्षले जनायो । आरोपितलाई १९ गते नै प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी जवान शान्ता खत्रीले बताइन् । जिल्ला प्रशासन, जिल्ला अस्पताल, प्रहरी, महिला तथा बालबालिका कार्यालयले पीडित महिलाको उपचारका लागि पहल गरेका थिए । पीडित महिला बोल्न सक्दिनन् । उनी विगत एक वर्षदेखि सोही क्षेत्रमा बेवारिसे अवस्थामा बस्दै आएकी थिइन् । उनको नाम ठेगाना समेत थाहा छैन । महिला तथा बालबालिका कार्यालय पाल्पाका निमित्त प्रमुख मनोज आचार्यले उनलाई मिसन अस्पतालमा निःशुल्क उपचार गर्ने गरी भर्ना गरिएको बताए । पीडित महिलाको मानसिक अवस्था समेत ठिक नभएकोले उनको थप उपचारको पहल गरिएको उनले बताए । यसअघि जेठ २० गते पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पाल्पामा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments