Incident Reports

गाउँपालिका अध्यक्ष चौधरीमाथि दुर्व्यवहार

2018-06-03

Lumbini, Rupandehi, Sudhdhodhan, Ward 4

को निजी मोटरसाइकललाई रोकी ‘हजुरलाई पत्र दिनुछ ।’ भन्दै मोटरसाइकलको चावी र मोवाइल खोसेर हेल्मेट खोली मोविल खन्याएर भागेको पीडित चौधरीले बताए । अध्यक्ष चौधरीले अहिलेसम्म कोहीकसैसँग आफ्नो कुनै खालको दुस्मनी नभएको र फोनमा पनि धम्की नआएकोले यो घटना गाउँपालिका र आफ्नो बेइज्जत गराउनका लागि गरेको हुनसक्ने आशङ्का व्यक्त गरे । चौधरीलाई छाडेको पत्रमा विकास निर्माणको नाममा निकालिएको नदीजन्य पदार्थ स्थानीय ठेकेदार र व्यापारीहरूलाई बेचेर कमिशन खाएको, गाउँपालिकाको सामानहरू खरिद गर्दा प्रकृया मिलाएर कमिशन खाएको, विकास निर्माणमा राजनीतिकरण गरी पार्टीका कार्यकर्ता भर्तीकेन्द्र खोलेको, योजनाहरूबाट २० देखि २५ प्रतिशत कमिशन खाएको जनताको ढाड सेक्ने गरी कर बृद्धि गरेको जस्ता आरोपहरू लगाइएको छ । घटनाका विषयमा गाउँपालिकाले पनि अनावश्यक आरोप लगाएर गाउँपालिकाको बेइज्जत गराउन खोजेको भन्दै घटनाप्रति घोर भत्सर्ना गर्दे दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न विज्ञप्तिमार्फत सरकारसँग माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले गाउँपालिकाका अध्यक्षमाथि भएको दुर्व्यवहार दुःखद् र कानुन विपरीत भएकाले कानुन हातमा लिन खोज्ने जो सुकै भएपनि नछाडिने बताए । उनले घटनामा संलग्न दोषीहरूको खोजी भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments