Incident Reports

Truck torched in Birgunj

2018-06-11

Madhes, Parsa, Birgunj

An agitated mob has torched the truck in New bus park in Birgunj after a man died in a hit by the truck. A truck with number plate NA 5 Kha 8660 was torched by the mob on Monday. A team of Area police officers reached the site immediately after the incident took place due to which the vehicle was partly damaged. वीरगन्जको नयाँ बसपार्कको भानु चोकमा सोमबार दिउँसो ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ठक्‍कर दिने ट्रकमा आगजनी गरेका छन्। कन्टेनर बोकेर वीरगन्ज भन्सार कार्यालयतर्फ जाँदै गरेको ना ५ ख ८६६० नम्बरको ट्रकले भानु चोकमा दिउँसो १ बजे ठक्कर दिँदा रौतहटको भेलाहीका २५ वर्षीय दिपेन्द्र दासको घटनास्थलमै मृत्यु भएको छ। दिपेन्द्रलाई ठक्‍कर दिएपछि बाइपास हुँदै भन्सार कार्यालयतर्फ भाग्दै गरेको ट्रकमा नगवा पोखरी नजिक स्थानीयवासीले रोकेर आगजनी गरेका हुन्।आगजनीबाट ट्रकको अगाडि पट्टीको पूरै भाग जलेर नष्ट भएको छ।स्थानीयले आगजनी गरेलगत्तै वीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्रले आगो निभाएकाले कन्टेनरमा थप क्षति हुन नपाएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। ट्रकका चालक अनिल लामालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक युवकको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको र ट्रकमा आगजनी गर्नेको खोजी भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments