Incident Reports

नेविसंघको मशाल जुलुसमा प्रहरी हस्तक्षेप, ६ जना घाईते

2018-06-12

Sudurpashchim, Kailali, Dhangadhi

पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिको बिरोध गर्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको छ । मशाल जुलुस निकाल्ने तयारी गरेका विद्यार्थीहरुलाई एकत्रित हुन नदिने रणनीति अनुसार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पहिले नै प्रहरी तैनाथ भएपछि विद्यार्थीहरुले बिभिन्न स्थानबाट मशाल जुलुस निकालेका थिए । बिभिन्न ठाउबाट निस्किएको मशाल जुलुस एलएनचौक पुग्न नपाउदै प्रहरीले धरपकड शुरु गरेको थियो । प्रहरीको धरपकड र हस्तक्षेपका क्रममा नेविसंघका नेता अशोक कुँवर, सन्तोष सिंह खड्का, नेत्र प्रसाद उपाध्याय,गणेश जोशी, रोशन उपाध्याय सुवेदी लगायत घाईते भएको नेबिसंघले जनाएको छ । कोणसभालाई सम्बोधन गर्दै नेविसंघका कार्यबहाक अध्यक्ष भेष बम कम्युनिष्ट सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि गरेको बताउदै मूल्य नघटाए आन्दोलन अझै सशक्त पार्ने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Kailali

0 Comments