Incident Reports

नेवि संघका नेताले ओलीको पुतला फुके

2018-06-12

Madhes, Dhanusha, Janakpur

नेपाल विद्यार्थी संघ धनुषाले मंगलबार अपरान्ह प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेको छ । नेवि संघ केन्द्रिय कार्यालयको परिपत्र अनुसार पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै धनुषामा प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो । ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेपछि काँग्रेसको विद्यार्थी संगठन नेविसंघले विरोध गर्दै आएको छ । चरणबद्ध रुपमा विरोधको कार्यक्रमहरु गरेर मुल्यवृद्धि फिर्ताको माग नेवि संघले गर्दै आएको छ । नेविसंघ धनुषाका अध्यक्ष संजय कुमार यादवको अगुवाईमा मंगलबार अपरान्ह जनकपुरमा ओलीको पुतला दहन गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments