Incident Reports

नेपाल विद्यार्थी सङ्घ र प्रहरीबिच झडप दुई प्रहरीसहित ११ जना घाइते

2018-06-12

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 1

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि र इन्टरनेटको मुल्य बृद्धिको विरोधमा नेपाली कङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले निकालेको मसाल जुलुसमा प्रहरी र विद्यार्थीबिच झडप भएको छ । बिद्यार्थीले ०७५ जेठ २९ गते साँझ पोखरा-लेखनाथ मनपा-१ पृथ्वीनारायण क्याम्पस चोकबाट निकालेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबिच झडप भएको हो । झडपमा परी प्रहरी जवान अजय नेपाली र रविशरण बस्नेत घाइते भएका छन् । त्यस्तै नेविसङ्घका जमुना नेपाली, मिनराज शाही, सागर रानाभाट, फिरोज सुवेदी, कमल पौडेल, दिपेन्द्र गौतम, निरज राना, अञ्जित पौडेल र गोविन्द शाही घाइते भएको नेविसङ्घ कास्की जिल्ला अध्यक्ष विकास थापाले बताए । घाइते सबैको उपचार पोखराका विभिन्न अस्पतालमा भएको छ । प्रहरीले भिड नियन्त्रणको लागी भन्दै एक राउण्ड हवाइ फायर र १६ सेल अश्रुग्यास समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश घिमिरेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 11
Female Injured 1
INSEC

0 Comments