Incident Reports

कुटपिट गरी यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-06-13

३५ वर्षीया एकल महिलालाई ‘शारीरिक सम्बन्ध’को प्रस्ताव अस्वीकार गर्दा कुटपिट गरेको आरोपमा प्रहरी कार्यालयमा २५ वर्षीय भतिजाविरूद्ध उजुरी परेको छ । पीडित महिलालाई अत्याधिक मदिरा सेवन गरेका आरोपितले जेठ ३० गते कोठा बन्द गरी अवैध सम्बन्ध कायम गर्न दिएको दबावको प्रतिकार गर्दा कुटेर घाइते बनाएको आरोप लगाउँदै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ ३१ गते उजुरी दिएकी हुन् । पीडित महिलालाई आरोपितले कुटपिट गर्दै जबरजस्ती गर्न खोजेपछि पीडित महिलाले होहल्ला गर्नुका साथै प्रहरीलाई फोनमार्फत खबर गरेको बताइन् । प्रहरीलाई खबर गरेपछि झनै आक्रामक बनेका भतिजाले जथाभावी मुडकी, लात्ति प्रहार गरेको पीडित महिलाले बताइन् । होहल्ला सुनेर आएका सासु र ससुरालाईसमेत आरोपितले धम्क्याएको पीडित महिलाले बताएकी छन् । घटनाको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीले आरोपितलाई जेठ ३० गते राति नै घरबाट गिरफ्तार गरेको छ । भारत विहार राज्य मधुवनी जिल्ला घोघडीहा ग्राम पञ्चायत माइतीघर भएकी महिलाका पतिको आठ वर्षअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । एक्लो भएको मौका छोपी यसअघि पनि भतिजाले यौन सम्बन्धको प्रयास गरेको उनको आरोप छ । घाइते महिलाको उपचार जेठ ३० गते राति ११ बजे प्रहरीले उद्धार गरेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भइरहेको छ । उनको टाउको, घाँटी, कम्मर र कानमा चोट लागेको छ । देब्रे कानमा भने दुईवटा टाँका लगाइएको छ । पीडितले यौन दुर्व्यवहार र कुटपिट गरेको भन्दै जेठ ३१ गते उजुरी दिएको जानकारी दिँदै जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले आरोपितलाई नियन्त्रणमा राखी घटनाबारे अनुसन्धान भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , National/Online Media

0 Comments