Incident Reports

Clash in Dang, 15 injured

2018-06-15

Lumbini, Dang, Gadhawa, Ward 6

In a clash among locals and police in Gadhawa rural municipality-6, 3 police and 12 locals were injured. Locals demanded the release of 22-year-old Bharat Pratap Yadav, who was arrested in charge of rape. Locals started barraging stones on police, after which the clash erupted. S.I Kamal Acharya, Constable Daulat Singh Buda and one more police officer got injured, after which they lathi charged on the locals. They even fired tear gas. Malikaram Yadav, Satugar Yadav, Deepa Yadav, Sangita Yadav, Anwar Ali, Anita Yadav, Manjila Yadav, Sahebdas Yadav and Anup Yadav were the locals who got injured. दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीका बीचमा शुक्रवार झडप हँुदा तीनजना प्रहरी सहित १२ जना स्थानीय घाइते भएका छन। जवरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का २२ बर्षीय भरतप्रताप यादवको रिहाईको मागगर्दै स्थानीयले प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरेपछि उक्त झडप भएको गढुवा पुगेका वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरूण कुमार सिंहले जानकारी दिए । प्रर्दशनकारीले गढुवा प्रहरीका सई कमल आचार्य,प्रहरी हवल्दार दौलतसिंह बुढा र अर्का एकजना प्रहरीलाई आक्रमण गरि घाइते तुल्याएपछि बाध्य भएर लाठी चार्ज गर्नु परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए । ईप्रका गढुवा घेराउ गर्न आएका प्रर्दशनकारीलाई त्यसपछि बाध्य भएर प्रहरीले लाठी चार्ज गर्नु परेको तथा त्यसक्रमा दुई सेल अस्रु ग्याँस प्रहार गर्नु परेको गोलले जानकारी दिए । गढुवा वाट पत्रकार देव यादवले दिएको जानकारी अनुसार प्रहरीको आक्रमणवाट १२ जना स्थानीय प्रर्दशनकारी घाइते भएका छन् । ४५ बर्षीय मालिकराम यादव, ५३ बर्षीय सतगुर यादव, ४८ बर्षीया दीपा यादव, २३ बर्षीया संगीता यादव, २४ बर्षीय अनवर अली, ३० बर्षीया अनिता यादव, २८ बर्षीया मञ्जिला यादव, ४४ बर्षीय साहेवदास यादव, २० बर्षीय अनुप यादव लगाएतका रहेको पत्रकार देव यादवले जानकारी दिए । गढुवा गाउँपालिका वडा नं. ६ गढुवा बजार निवासी २२ बर्षीय भरतप्रताप यादवको स्थानीय एकजना १५ बर्षीया किशोरी संग तीन महिना अगाडि विहे भएको थियो । तर केटी पक्षले गत जेठ २७ गते आफ्नी छोरी माथि बलात्कार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित भरतप्रताप यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेर कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाए पछि केटा पक्षले त्यसको विरोध गरेका छन्। केटाका आफन्त तथा स्थानीयले सुनियोजित तरीकाले भरतप्रतापलाई फसाइएको भन्दै तत्काल उनको रिहाईको माग गर्दै शुक्रवार मध्यान्ह १२ बजेदेखि साढे ५ बजेसम्म ईप्रका गढुवा घेराउ गर्दै प्रर्दशन गरेका छन् । बेलुका पख स्थानीय जनप्रतिनिधी सहित प्रर्दशनमा उत्रिएका व्यक्ति र पिडित पक्ष दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ कहाँ घोराही गएपछि प्रर्दशन रोकिएको हो । सर्वसाधारणले ढुङ्गा मुढा गर्दै प्रहरी प्रशासनका विरुद्ध चर्का नारावाजी गरेका थिए । उनीहरुले बजार बन्द गराउनुका साथै टायर बालेर प्रर्दशन गरेका थिए । तीन महिना अघि केटा केटीले प्रेम बिवाह गरेको र पछि केटी पक्षले केटी फिर्ता लगेर अहिले जवरजस्ती करणीको मुद्दा दर्ता गरेर फसाउने खोजेको आरोप केटा पक्षले लगाउने गरेको छ । झुठा मुद्दा फिर्ता गरी युवकलाई रिहा नगरे गढवा बजार नै बन्द गरेर प्रहरीका बिरुद्धमा आन्दोलन थाल्ने केटा पक्षले चेतावनी दिएका छन् ।उत्पन्न समस्या समाधानका पक्षमा दुबै पक्षसंग संवातको प्रयास जारी रहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 15
Other Sources

0 Comments