Incident Reports

Students and employees of Janaki Medical College resort to protests

2018-06-20

Madhes, Dhanusha, Janakpur

Employees and students of Janaki Medical College Teaching Hospital in Dhanusha burnt tyres in Dhalkebar road section and caused roadblock on Wednesday for an hour. The employees had shut down all services except emergency from May 6 demanding all pending salary and remunerations. According to Secretary of the struggle committee, Nawaraj Timilsina, they have not received salary since last 14 months and provident fund has not been deposited since past 5 years. ६ असार, जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र अध्ययनरत विद्यार्थीहरु बुधबार सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् । कर्मचारी र विद्यार्थीले जनकपुर ढल्केवर सडक खण्डमा टायर बाल्नुका साथै सडक नै अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका हुन् । कर्मचारी र विद्यार्थीको आन्दोलनको कारण केही बेर सो क्षेत्र तनावग्रस्त बनेको थियो । सडकमा टायर बाली आन्दोलनमा उत्रेका कर्मचारी र विद्यार्थीहरुलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ भने सो सडक खण्डमा यातायातका साधन सञ्चालन भएको छ । कर्मचारी र विद्यार्थीले करिब एक घण्टा सडक अवरुद्ध पारेका थिए । जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु बाँकी बक्यौता तलबभत्ता माग गर्दै गएको वैशाख २३ गतेदेखि कलेज तथा अस्पतालमा आपतकालीन सेवा बाहेक सबै बन्द गरी आन्दोलनमा छन् । जानकी मेडिकल शिक्षण अस्पतालले त्यहाँ कार्यरत कर्मचारीको विगत १४ महिनाको तलबभत्ता तथा ५ वर्षदेखि सञ्चय कोष गरी २८ करोड ५० लाख भुक्तानी दिन रहेको संघर्ष समितिका सचिव नवराज तिमिल्सिनाले बताए । जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत २ सय कर्मचारीहरुले १४ महिनाको तलव नपाएको भन्दै कर्मचारीहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका सचिव तिमिल्सिनाले जानकारी दिए । सचिव तिमिल्सिनाका अनुसार बाँकी बक्यौता तलबभत्ता भुक्तानीका लागि कलेज व्यवस्थापन, प्रदेश सरकार तथा प्रमुख जिल्ला अधिकारीलाई पटकपटक गुहारे पनि कुनै उपलब्धि नभएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको बताए । आन्दोलनको कारण अस्पतालामा आकस्मिक स्वास्थ्य सेवाबाहेक सबै ठप्प रहेको छ । आन्दोलनको कारण कलेजको पठनपाठन एक महिनाभन्दा बढी समयदेखि बन्द भएको छ भनेे आन्दोलनले विद्यार्थीको पठनपाठन अन्योलमा परेको छ । आन्दोलनको कारण त्यहाँ अध्ययनरत साढे ३ सय विद्यार्थीको भविष्य संकटमा परेको छ । व्यवस्थापन पक्ष सम्पर्कमा नहुँदा होस्टेलमा बसेका विद्यार्थीहरुलाई खाने लाउने समेत समस्या हुनुको साथै विद्युत, सरसफाई समेत हुन नसकेको संघर्ष समितिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments