Incident Reports

जानकी मेडिकल कलेजका कर्मचारी र विद्यार्थी आन्दोलित, १ घण्टा सडक अवरुद्ध

2018-06-20

Madhes, Dhanusha, Janakpur

६ असार, जनकपुरधाम । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र अध्ययनरत विद्यार्थीहरु बुधबार सडक अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका छन् । कर्मचारी र विद्यार्थीले जनकपुर ढल्केवर सडक खण्डमा टायर बाल्नुका साथै सडक नै अवरुद्ध गर्दै आन्दोलनमा उत्रेका हुन् । कर्मचारी र विद्यार्थीको आन्दोलनको कारण केही बेर सो क्षेत्र तनावग्रस्त बनेको थियो । सडकमा टायर बाली आन्दोलनमा उत्रेका कर्मचारी र विद्यार्थीहरुलाई प्रहरीले बल प्रयोग गरी हटाएको छ भने सो सडक खण्डमा यातायातका साधन सञ्चालन भएको छ । कर्मचारी र विद्यार्थीले करिब एक घण्टा सडक अवरुद्ध पारेका थिए । जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरु बाँकी बक्यौता तलबभत्ता माग गर्दै गएको वैशाख २३ गतेदेखि कलेज तथा अस्पतालमा आपतकालीन सेवा बाहेक सबै बन्द गरी आन्दोलनमा छन् । जानकी मेडिकल शिक्षण अस्पतालले त्यहाँ कार्यरत कर्मचारीको विगत १४ महिनाको तलबभत्ता तथा ५ वर्षदेखि सञ्चय कोष गरी २८ करोड ५० लाख भुक्तानी दिन रहेको संघर्ष समितिका सचिव नवराज तिमिल्सिनाले बताए । जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत २ सय कर्मचारीहरुले १४ महिनाको तलव नपाएको भन्दै कर्मचारीहरु बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका सचिव तिमिल्सिनाले जानकारी दिए । सचिव तिमिल्सिनाका अनुसार बाँकी बक्यौता तलबभत्ता भुक्तानीका लागि कलेज व्यवस्थापन, प्रदेश सरकार तथा प्रमुख जिल्ला अधिकारीलाई पटकपटक गुहारे पनि कुनै उपलब्धि नभएकाले बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको बताए । आन्दोलनको कारण अस्पतालामा आकस्मिक स्वास्थ्य सेवाबाहेक सबै ठप्प रहेको छ । आन्दोलनको कारण कलेजको पठनपाठन एक महिनाभन्दा बढी समयदेखि बन्द भएको छ भनेे आन्दोलनले विद्यार्थीको पठनपाठन अन्योलमा परेको छ । आन्दोलनको कारण त्यहाँ अध्ययनरत साढे ३ सय विद्यार्थीको भविष्य संकटमा परेको छ । व्यवस्थापन पक्ष सम्पर्कमा नहुँदा होस्टेलमा बसेका विद्यार्थीहरुलाई खाने लाउने समेत समस्या हुनुको साथै विद्युत, सरसफाई समेत हुन नसकेको संघर्ष समितिले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments