Incident Reports

सासू हत्याको आरोपमा बुहारी गिरफ्तार

2018-06-20

Lumbini, Dang, Ghorahi, Ward 8

घोराही उपमहानगरपालिका-८ की ५६ वर्षीया दिलकुमारी बुढालाई असार ६ गते हत्या गरेको भन्दै उनकै ३२ वर्षीया कान्छी बुहारी लालसरी बुढालाई प्रहरीले गिरफ्तार गरेको छ । उनी बस्दै आएको सेवारस्थित झुपडीमा असार ६ गते बिहान शव भेटिएपछि नजिकै बस्दै आएकी कान्छी बुहारी लालसरीलाई प्रहरीले ६ गते नै गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । घाँटी थिचेर मारेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम राप्ती उपक्षेत्रीय अस्पतालमा असार ७ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments