Incident Reports

राहत नदिँदा वडाद्यक्ष र सचिव थुनिए

2018-06-06

Madhes, Rautahat, Durga Bhagwati, Ward 2

वास्तविक बाढी पिडितहरुको नाम छुट्याएको आरोप लगाउँदै दुर्गा भगवती गाउँपालिका २ भलोहियाका जनताहरूले वडाध्यक्ष सहित सचिवलाई वडा कार्यालयमा बुधबार ३ घण्टासम्म थुनेका छन्। गत साउन महिनामा आएको ठुलो विनाशकारी बाढीमा भएको जनधनको ठुलो क्षति भोगेका दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ भलोहियाका वास्तविक बाढी पिडितहरुको नाम हटेर गैर बाढीपिडितहरुको नाम रहेकोमा आपत्ति जनाउँदै स्थानीय वासिन्दाहरु बुधबार वडाध्यक्ष सुरेश चौधरी र सचिव नवलकिशोर झालाई उनकै कार्यकक्षमा ११ बजे देखि ३ घण्टासम्म थुनेका हुन् ।ताल्चा लगाएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गंगापिपरा,सशस्त्र प्रहरी बेस क्याम्प भलोहियाका संयुक्त सुरक्षाकर्मीहरुको टोलि उक्त स्थानमा पुगेर ताला खुलाउने निकै प्रयास गरे तर सफल भएनन् ।गाउपालिका अद्यक्ष अरुण शाहले पुन: छानबिन गरेर छुटेका पिडित परिवारको नाम संकलन गरेर जिल्ला विपद वायास्थापन समितिको कार्यालय पठाउने बाचा गरेपछि स्थानीयले ताला खोलेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Local Newspaper - Rautahat

0 Comments