Incident Reports

तरुण दलको चरिकोटमा चक्‍काजाम

2018-06-26

Bagmati, Dolakha, Bhimeshwor

गिटी बालुवा अभावको विरोधमा नेपाल तरुण दल दोलखाले सदरमुकाम चरिकोटमा एक घण्टा चक्काजाम गरेको छ।बालुवा गिटीको सहज आपूर्तिका लागि जिल्ला समन्वय समिति, प्रमुख जिल्ला अधिकारीलगायतलाई दबाब दिन तरुण दल दोलखाले मंगलबार सदरमुकाम चरिकोटमा एकघण्टा चक्का जाम गरेको हो। 'बालुवा गिटीसहितका निर्माण सामग्री अभावका कारण दोलखा जिल्लाका भूकम्प पीडितलाई पर्न गएको असुविधाको विरोधमा चक्का जाम गरिएको हो,' तरुण दल दोलखाका अध्यक्ष दावासाङ्गे शेर्पाले भने। तरुण दलले मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म सदरमुकाम चरिकोटको सातदोबाटोमा एक घण्टा चक्का जाम गरेको छ। अध्यक्ष शेर्पाले चाँढोभन्दा चाँढो भुकम्प पीडितलाई महशुस हुनेगरी बालुका गिटीको आपूर्तिको व्यवस्था नमिलाए जस्तोसुकै आन्दोलन पनि गर्ने बताए। उता प्रशासनले भने आइतबार सो विषयमा छलफल गर्ने भनिएको भए पनि ३ दिनसम्म कुनै चासो नदिएको कारण चक्काजाम गर्न बाध्य हुनुपरेको अध्यक्ष शेर्पाको भनाई छ। राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण दोलखाका कार्यालय प्रमुख निर्मलदर्शन आचार्यको अनुसार जेठ मसान्तसम्म दोलखाको नीजि आवास पुर्ननिर्माणको काम ४४ प्रतिशत मात्र भएको छ। जिल्लामा अझै ५६ प्रतिशत निजी आवास पुर्ननिर्माणको काम भने बाँकी छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments